मंगलबार, भदौ २, २०८३
  • गृहपृष्ठ
  • समाज
  • सर्वोच्च अदालतद्वारा चार्ल्स शोभराजलाई जेलमा राख्नुको कारण माग

सर्वोच्च अदालतद्वारा चार्ल्स शोभराजलाई जेलमा राख्नुको कारण माग

सर्वोच्च अदालतले चार्ल्स शोभराजलाई जेलमा राखेको बारेमा कारण देखाउ आदेश जारी गरेको छ।
 |  बिहीबार, पुस ८, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, पुस ८, २०७८

काठमाडौं– सर्वोच्च अदालतले चार्ल्स शोभराजलाई जेलमा राखेको बारेमा कारण देखाउ आदेश जारी गरेको छ। न्यायाधीश अनिलकुमार सिन्हाको इजलासले बिहीबार उनलाई जेलमा राख्नुको कारण पेस गर्न सरकारलाई आदेश दिएको हो।

केन्द्रीय कारागारमा जेल सजाय भुक्तान गरिरहेका शोभराजले हिजो बुधबार आफूलाई छाड्नुपर्ने माग गर्दै सर्वोच्चमा बन्दी प्रत्यक्षीकरणको रिट निवेदन दायर गरेका थिए। आफू ज्येष्ठ नागरिक भएको र आधा सजाय कटाइसकेकाले जेलमुक्त हुनुपर्ने जिकिर उनको छ। 

आफू रिहा हुनुपर्ने दाबी गर्दै शोभराजले यसअघि पनि पटक पटक सर्वोच्चमा रिट दायर गरेका थिए। पछिल्लोपटक उनले गत असोज १८ गते सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको निवेदन दिएका थिए। न्यायाधीश मीरा खड्काको एकल इजलासले कैफियत प्रतिवेदन माग गर्ने आदेश दिएको थियो। लगत्तै देशभरका अदालत बडादसैंका कारण बिदा भएपछि सुनुवाइ रोकिएको थियो। 

नेपालमा विदेशी पर्यटकको हत्या गरेको अभियोग प्रमाणित भएपछि शोभराज जेलमा छन्। २०३२ पुस ६ गते क्यानेडियन नागरिक लोरेन्ट क्यारियरको हत्या गरेर भक्तपुरको मनोहरा खोलामा फालेको अनुसन्धानबाट प्रमाणित भएको थियो।

प्रकाशित: Dec 23, 2021| 14:24 बिहीबार, पुस ८, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।