मंगलबार, कात्तिक ११, २०८२
  • गृहपृष्ठ
  • प्रदेश
  • शुल्क वृद्धि खारेजीको माग गर्दै सुप विश्वविद्यालयलाई ९ बुँदे ज्ञापनपत्र

शुल्क वृद्धि खारेजीको माग गर्दै सुप विश्वविद्यालयलाई ९ बुँदे ज्ञापनपत्र

पाटन बहुमुखी क्याम्पसमार्फत शुदूरपश्चिम विश्व विद्यालयका उपकुलपतिलाई ज्ञापनपत्र बुझाउदै नियम विपरीत र विद्यार्थीलाई मार्का पर्ने क्रियाकलापहरु रोक्न माग गरिएको छ।
 |  बिहीबार, पुस ८, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, पुस ८, २०७८

बैतडी- शुदूरपश्चिम विश्वविद्यालयको शुल्क वृद्धि खारेजी र नियमविपरीत कर्मचारी नियुक्ति गरेको भन्दै अनेरास्ववियु बैतडीले ध्यानाकर्षण गराएको छ।

Kumaribank

पाटन बहुमुखी क्याम्पसमार्फत शुदूरपश्चिम विश्व विद्यालयका उपकुलपतिलाई ज्ञापनपत्र बुझाउदै नियम विपरीत र विद्यार्थीलाई मार्का पर्ने क्रियाकलापहरु रोक्न माग गरिएको छ।  

प्रवेश परीक्षा, अन्तिम परीक्षा, रजिस्टेसन शुल्क वृद्धि फिर्ता हुनुपर्ने, नियम विपरीत भर्ना गरिएका प्राध्यापक कर्मचारीलाई हटाई विज्ञापनमार्फत भर्ना गर्नुपर्ने, केन्द्रीय क्याम्पस तथा आंगिक क्याम्पसहरुमा ३० प्रतिशत छात्रवृति अनिवार्य गरिनुपर्ने, नियमविपरीत गरिएका नियुक्ति फिर्तालगायतका मागहरु अघि सारिएको छ।

त्यसैगरी सुप विश्वविद्यालयको केन्द्रीय क्याम्पसमा खोलिएका नयाँ विषय तथा कार्यक्रममा दक्ष प्राध्यापकको व्यवस्था हुनुपर्ने लगायतका ९ बुँदे ज्ञापनपत्र बुझाएको अनेरास्ववियु राष्ट्रिय परिषद् सदस्य खेमराज अवस्थीले बताए। नियमविपरीत गरिएका निर्णयहरु यथाशिघ्र खारेज नभए कडा अन्दोलनमा उत्रिने अनेरास्ववियुको चेतावनी छ। 

प्रकाशित: Dec 23, 2021| 14:00 बिहीबार, पुस ८, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।