शुक्रबार, वैशाख १८, २०८३
  • गृहपृष्ठ
  • विदेश
  • लुधियाना डिस्ट्रिक्ट कोर्टमा विस्फोट हुँदा दुईजनाको मृत्यु

लुधियाना डिस्ट्रिक्ट कोर्टमा विस्फोट हुँदा दुईजनाको मृत्यु

भारतको पञ्जाबस्थित लुधियाना डिस्ट्रिक्ट कोर्टमा बम विस्फोट भएको छ।
 |  बिहीबार, पुस ८, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, पुस ८, २०७८

National life

काठमाडौं– भारतको पञ्जाबस्थित लुधियाना डिस्ट्रिक्ट कोर्टमा बम विस्फोट भएको छ। विस्फोटमा परी दुईजनाको मृत्यु भएको र कैयौं घाइते भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।

विस्फोट अदालत भवनको तेस्रो तलामा भएको थियो।  घटनास्थलमा दमकल र प्रहरी पुगिसकेका छन्। प्रहरीले घटनाबारे आधिकारिक रुपमा केही भनेको छैन। 

विस्फोटका कारण आसपासका भवनका समेत सिसा फुटेको बताइएको छ। प्रत्यक्षदर्शीहरुका अनुसार विस्फोटको आवाज निकै ठूलो आएको थियो। बिहीबार अदालतमा वकिलहरुको हड्ताल भएका कारण सेवाग्राही भने थिएनन्। 


प्रकाशित: Dec 23, 2021| 13:51 बिहीबार, पुस ८, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।