शुक्रबार, चैत ६, २०८२

फाइजरले ल्यायो 'कोभिड चक्की'

फाइजर कम्पनीले उत्पादन गरेको कोभिडविरुद्धको औषधि ‘कोभिड पिल’ले अमेरिकामा प्रयोगको अनुमति पाएको छ।
 |  बिहीबार, पुस ८, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, पुस ८, २०७८

काठमाडौं– फाइजर कम्पनीले उत्पादन गरेको कोभिडविरुद्धको औषधि ‘कोभिड पिल’ले अमेरिकामा प्रयोगको अनुमति पाएको छ। सीएनएनका अनुसार त्यहाँको स्वास्थ्य नियामकले फाइजरको कोभिड पिललाई प्रयोगको अनुमति दिएको छ।

National life

अमेरिकाको खाद्य तथा औषधि प्रशासन (एफडीए) ले कोभिड संक्रमित भएका वयष्क र १२ वर्षमाथिका बालबालिकाको हकमा फाइजरको पिल प्रयोग गर्न अनुमति दिएको हो। पिल प्रयोगका लागि १२ वर्षमाथिका बालबालिकाको तौल कम्तिमा ४० किलो हुनु पर्नेछ। त्यसैगरी सुरुमै अस्पताल जानुपर्ने लक्षण देखिने कोभिड संक्रमितले पनि घरमै उक्त औषधि खान सक्नेछन्।

मिर्गौला वा कलेजोको गम्भीर समस्या भएका मानिसले भने औषधि खान नमिल्ने बताइएको छ। ‘प्याक्सलोभिड’ नाम दिइएको उक्त औषधि कोभिड–१९ को प्रारम्भिक संक्रमण चाँडो उपचार गर्ने औषधि हो। गम्भीर अवस्थामा पुग्न सक्ने कोभिड संक्रमितले प्याक्सलोभिड पिल खाएपछि अस्पताल भर्ना र मृत्यु हुने सम्भावना ९० प्रतिशतले घट्ने परीक्षणबाट पुष्टि भइसकेको छ।

अर्को औषधि निर्माता कम्पनी मर्कले पनि एन्टिभाइरल कोभिड पिल उत्पादन गरेको छ। तर, सो औषधि सेवनपछि सामान्य साइड इफेक्ट देखिने बताइएको छ।

प्रकाशित: Dec 23, 2021| 12:41 बिहीबार, पुस ८, २०७८
प्रतिक्रिया दिनुहोस्