शुक्रबार, वैशाख २६, २०८२

आइकोरले नेपालमा विदेशी फिल्मको वितरण थाल्यो, शुक्रबार 'म्याट्रिक्स' रिलिज हुँदै

फिल्म निर्माण कम्पनी आइकोर फिल्म्सले विदेशी फिल्म वितरणको थालनी गरेको छ।
 |  बिहीबार, पुस ८, २०७८
nespernesper

नेपाल समय

नेपाल समय

बिहीबार, पुस ८, २०७८

vianetvianet

काठमाडौं– फिल्म निर्माण कम्पनी आइकोर फिल्म्सले विदेशी फिल्म वितरणको थालनी गरेको छ। कम्पनीको वितरण रहने हलिउड फिल्म ‘द म्याट्रिक्स रिसुरेक्सन’ शुक्रबारदेखि मुलुकका प्रमुख मल्टिप्लेक्समा प्रदर्शनमा आउने भएको छ। 

triton college

कम्पनीले बुधबार विज्ञप्ति जारी गर्दै फिल्मको वितरण सुरु भएको जानकारी दिएको छ। हलिउडको म्याट्रिक्स सिरिजकै पछिल्लो श्रृंखला रहेको फिल्मको प्रमुख भूमिकामा किनु रिभ्स र क्यारी एने मोस छन्। श्रृंखलाको पछिल्लो फिल्म द म्याट्रिक्स रिभोलुसन सन् २००३ मा रिलिज भएको थियो। व्यावसायिक रुपमा हिट नेपाली फिल्महरु मेरो लभस्टोरी, मेरो एउटा साथी छ, इन्टुमिन्टु लन्डनमा निर्माण गरेको आइकोरले वान सिनेमाज मल्टिप्लेक्समार्फत प्रदर्शनमा हात हालेसँगै वितरणलाई पनि अघि बढाएको हो। 

साथै आइकोरले भेनिस र टोरन्टो फिल्म फेस्टिभलमा प्रिमियर गरिएको र अवार्ड जितेको चर्चित छोटो फिल्म दाद्या पनि निर्माण गरेको थियो। आइकोरकै फिल्म ‘आइएम ट्वान्टीवान’ रिलिजको तयारीमा छ। आइकोर प्रालि तथा वान सिनेमाज निर्देशक प्रज्वल जबराले म्याट्रिक्स सिरिज आफ्नो मन पर्ने साइन्स फिक्सन भएको र चौथो श्रृंखलाले सम्बन्धित फिल्मको जनराको स्वाद दिने तथा दर्शकलाई नोस्टाल्जिक बनाउने बताए। 

साइन्स फिक्सन, एक्सन र एड्भेन्चर जनरामा राखिएको फिल्मलाई लाना वाचाओक्सीले निर्देशन गरेकी हुन्। फिल्मबारे आइकोरले जारी गरेको विज्ञप्तिमा निर्देशक लानाले भनेकी छिन्, ‘धेरैका लागि कला ऐना हो र धेरैजना सतहमै देखिने कुरामा रमाउन खोज्छन्। तर, केही मानिस यस्ता हुन्छन् जो ऐना पछाडिको कुरामा रमाउन चाहन्छन्। मैले उनीहरुको लागि यो फिल्म बनाएकी हुँ।’

हलिउडमा पछिल्लो समय भिजिनरी निर्देशक मानिने लाना निर्देशित यो फिल्मको मुख्य भूमिकामा रहेका कलाकारहरु रिभ्स र मोस क्रमशः दुई चर्चित पात्रहरु नियो र ट्रिनिटीको भूमिकामा देखिएका छन्। वार्नर ब्रोज पिक्चर्स स्टुडियोको प्रस्तुति रहेको फिल्मलाई भिलेज रोड सो पिक्चर्सले निर्माण गरेको हो। पछिल्लो समय हलिउड फिल्म स्पाइडरम्यानः नो वे होमले नेपाली बक्स अफिसमा उछाल ल्याइरहेको बेला रिलिज हुन लागेको द म्याट्रिक्स रिसुरेक्सनलाई पनि दर्शकले रुचाउने आशा आइकोरले लिएको छ। 

National life insurance

प्रकाशित: Dec 23, 2021| 12:45 बिहीबार, पुस ८, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

यी नेपाली चलचित्रले पानी पनि भन्न पाएनन् २०७९ मा

यी नेपाली चलचित्रले पानी पनि भन्न पाएनन् २०७९ मा

वर्षको अन्त्यतिर सार्वजनिक गरिएका केही चलचित्रले न्यून दर्शक पाएका छन्। तिनीहरूको टिकट एक हजारसमेत बिक्री भएको छैन।
जो आमा बनेपछि पनि अभिनयमा जमिरहे

जो आमा बनेपछि पनि अभिनयमा जमिरहे

‘फ्यान फलोइङ’ घट्छ, बच्चा जन्मिएपछि काम पाइँदैन भन्ने बुझाइलाई केही सेलिब्रेटीले गलत सावित गरेका छन्।
चलचित्र कमाइको रिपोर्ट गलत दिएभन्दै भुवन केसीप्रति दीपक आक्रोशित

चलचित्र कमाइको रिपोर्ट गलत दिएभन्दै भुवन केसीप्रति दीपक आक्रोशित

कलाकार दीपकराज गिरी चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीप्रति आक्रोशीत भएका छन्।