मंगलबार, असार ३०, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • मुलुकभर ४३ प्रतिशत रोपाई सकियो, प्रदेश ७ मा सबैभन्दा धेरै

मुलुकभर ४३ प्रतिशत रोपाई सकियो, प्रदेश ७ मा सबैभन्दा धेरै

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
 काठमाडौं- असार सकिन लाग्दा मुलुकभर ४३.२८ प्रतिशत मात्र धान रोपाई भएको छ। कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रलयले दिएको जानकारी अनुसार सोमबार सम्ममा मुलुकभर ४३.२८ प्रतिशत धान रोपाई भएको हो।

मन्त्रलयको अनुसार यस वर्ष १५ लाख ५२ हजार ४६९ हेक्टर क्षेत्रफलमा धान रोप्ने लक्ष्य राखिएकोमा हालसम्म ६ लाख ७१ हजार ९१४ हेक्टर क्षेत्रफलमा मात्र रोपाई भएको छ।

सबैभन्दा बढी ७५ प्रतिशत प्रदेश ७ मा रोपाई

अहिलेसम्म मुलुकभर रोपाई भएकोमध्ये सबैभन्दा बढी प्रदेश नम्बर सातमा भएको छ। जहाँ हालसम्म ७४.८४ प्रतिशत रोपाई भएको हो। १ लाख ७६ हजार हेक्टर जमिनमा धान रोपाई गर्ने लक्ष्य राखेकोमा हालसम्म १ लाख ३२ हजार हेक्टरमा रोपाई भइसकेको छ।
 
त्यसपछि पश्चिमाञ्चल विकास क्षेत्रमा ५४.८७ प्रतिशत, मध्य पश्चिमाञ्चलमा ४६.६५, मध्यमाञ्चलमा ३९.०२ र सबैभन्दा कम पूर्वाञ्चल विकास क्षेत्रमा २५.५१ प्रतिशत धानको रोपाई भएको छ।
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्