मंगलबार, भदौ २, २०८३

सवारी ज्यान मुद्दाका फरार अभियुक्त ६ वर्षपछि पक्राउ

१ वर्ष १० महिना कैद सजाय भई फरार रहेका बेँसीशहर नगरपालिका १ उदिपुरका रुकेश विश्वकर्मालाई प्रहरीले पक्राउ गरेको हो।
 |  बिहीबार, पुस ८, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, पुस ८, २०७८

लमजुङ- जिल्ला प्रहरी कार्यालय लमजुङले सवारी ज्यान मुद्दामा फरार एक जनालाई ६ वर्षपछि पक्राउ गरेको छ।

१ वर्ष १० महिना कैद सजाय भई फरार रहेका बेँसीशहर नगरपालिका १ उदिपुरका रुकेश विश्वकर्मालाई प्रहरीले पक्राउ गरेको हो।

रुकेशलाई जिल्ला प्रहरी कार्यालय लमजुङबाट खटीएको बिशेष टोलीले  बेँसीशहर नगरपालिका ८ बाट  बुधबार पक्राउ गरेको लमजुङका प्रहरी प्रमुख डिएसपी कृष्णबहादुर कार्कीले बताए।  रुकेशले चलाएको बसले २०७३ साल असार महिनाको १९ गते चितवन जिल्लाको कुरिनटारमा पैदल यात्रिलाई ठक्कर दिँदा मृत्यु भएको थियो।

रुकेश उपर २०७५ साल माघ ८ गते उक्त कैद सजाय हुने गरी चितवन जिल्ला अदालतबाट मुद्दा फैसला भएकोमा उनी फरार रहेका थिए। पक्राउमा परेका रुकेशलाई बुधबार जिल्ला अदालत लमजुङमा पेश गरी कैद भुक्तान गर्नको लागि कारागार चलान गरिएको छ। 

प्रकाशित: Dec 23, 2021| 10:00 बिहीबार, पुस ८, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।