मंगलबार, भदौ २, २०८३

अनाथ बालबालिकाको हेरचाहका लागि ५० लाखको अक्षयकोष

अनाथ तथा असहाय बालबालिकाको हेरचाह तथा शिक्षाका लागि स्थापना गरिएको अनाथ आश्रमले ५० लाखकाे अक्षयकोष पुर्‍याएको छ।
 |  बिहीबार, पुस ८, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, पुस ८, २०७८

बुटवल- अनाथ तथा असहाय  बालबालिकाको हेरचाह तथा शिक्षाका लागि स्थापना गरिएको अनाथ आश्रमले ५० लाखकाे अक्षयकोष पुर्‍याएको छ।   

रुपन्देहीको मणिग्राममा सञ्चालित रामचन्द्र मैनादेवी अनाथ आश्रमले यो वर्षसम्म एक करोड रुपैयाँ पुर्‍याउने लक्ष्य राखिएको थियाे। तर, कोराना महामारीका कारण सहयोग नजुट्दा लक्ष्य पूरा हुन नसकेको आश्रमकी अध्यक्ष मैनादेवी भण्डारीले बताइन्। 

अहिले अक्षयकोषबाट प्राप्त हुने ब्याज र दाताको सहयोगमै बालबालिकाको पालनपोषण भैरहेको छ। तर, खर्च जुटाउन निकै मुस्किल परेको आश्रमकी अध्यक्ष भण्डारीको भनाइ छ । 'आगामी दिनमा अक्षयकोष एक करोड पुर्‍याउने लक्ष्य छ,' भण्डारीले भनिन्। 

अक्षयकोष एक करोड पुर्‍याएर त्यसैको ब्याजबाट आश्रमको व्यवस्थापन खर्च र बालबालिकाको पालनपोषण तथा अध्ययनमा खर्चिने उनको योजना छ।

भण्डारीका अनुसार हालसम्म ३७ जनाले आश्रय लिइसकेका छन्। 'अहिले नौ जना अनाथ मात्रै आश्रममा छन्,' भण्डारीले भनिन्। आश्रममा आश्रय लिएर उच्च शिक्षा हासिल गरिसकेका २८ जना आश्रमबाट बिदा भैसकेका छन्।

आश्रमको व्यवस्थापनका लागि तिलोत्तमा नगरपालिकाले पनि सहयोग गर्दै आएको तिलोत्तमा ६ का वडाअध्यक्ष सुकदेव न्यौपानेले बताए।

२०५३ सालमा अनाथ तथा असहाय महिला कल्याण समाजको नामबाट स्थापना भएको संस्था २०६२ सालबाट आत्मशान्ति अनाथ आश्रमको रुपमा स्थापना भएको हो।

प्रकाशित: Dec 23, 2021| 08:35 बिहीबार, पुस ८, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।