मंगलबार, भदौ २, २०८३
  • गृहपृष्ठ
  • समाज
  • वैज्ञानिक खोज अनुसन्धानसम्बन्धी अन्तर्राष्ट्रिय पाठशाला सञ्चालन

वैज्ञानिक खोज अनुसन्धानसम्बन्धी अन्तर्राष्ट्रिय पाठशाला सञ्चालन

भक्तपुरमा वैज्ञानिक खोज अनुसन्धानसम्बन्धी ११ दिने अन्तर्राष्ट्रिय पाठशाला (कार्यशाला) सञ्चालन भइरहेको छ।
 |  बिहीबार, पुस ८, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, पुस ८, २०७८

भादगाउँ- भक्तपुरको लिवालीस्थित ख्वप इन्जिनियरिङ कलेजमा तेस्रो नेपाल हिउँदे पाठशाला सञ्चालन भइरहेको हो। ख्वप इन्जिनियरिङ कलेजको व्यवस्थापन र नामी नामक वैज्ञानिक खोज अनुसन्धान गर्ने संस्थाको आयोजनामा पाठशाला सञ्चालन भइरहेको हो।

पाठशालामा देशी विदेशी १२० प्रशिक्षार्थी सहभागी छन्। उनीहरू न्यूनतम स्तानक उत्तीर्णदेखि पीएचडीसम्मका छन्। उनीहरूलाई विश्वका विभिन्न देशका ३० वैज्ञानिकले प्रशिक्षण दिइरहेका छन्। गत मङ्गलबारदेखि सुरु भएको पाठशाला यही पुस १६ गते सम्पन्न हुनेछ। प्रत्येक दिन बिहानदेखि बेलुकीसम्म ११ दिनसम्म प्रशिक्षण दिइने जनाइएको छ। 

आयोजक संस्था नामीका इन्जिनियर श्रेयासा पौडेलले संस्थाले वर्षमा एक पटक यस्तो पाठशाला चलाउँदै आएको जानकारी दिए। उनका अनुसार यो तेस्रो वर्षको तेस्रो पाठशाला हो। यस पाठशालामा विश्वका विभिन्न वैज्ञानिकले सहभागीलाई वैज्ञानिक खोज अनुसन्धानसम्बन्धी जानकारी दिई त्यसका लागि सहयोग गर्ने ई पौडेलले जानकारी दिए। वैज्ञानिक खोज अनुसन्धानमा लाग्ने व्यक्ति तथा संस्थालाई सहयोग गर्न यस्तो पाठशाला चलाउँदै आएको उनले बताए। 

ख्वप इन्जिनियरिङ कलेजका ई उपप्राचार्य रवीन्द्र फोंजूले विकशित देशहरुसँगै विकासन्मुख देशहरु पनि वैज्ञानिक खोज अनुसन्धानमा अगाडि बढाउन यस्तो कार्यक्रम गरिएको जानकारी दिए। 

कृत्रिम बौद्धिकता (आर्टिफिसियल इन्टेलिजेन्स) नाम दिइएको यो पाठशालामा नयाँ नयाँ अनुसन्धानबारे शोधपत्र निकालिने छ। आयोजक नामी संस्थाका अनुसन्धानकर्ता दण्डपानी पौडेलले कृत्रिम बौद्धिकतालाई पाठशालामा सही ढङ्गले उपयोग गर्ने विषयमा छलफल चलाइने उनले बताए।

प्रकाशित: Dec 23, 2021| 08:00 बिहीबार, पुस ८, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।