मंगलबार, भदौ २, २०८३

लागूऔषध र भारतीय रुपैयाँसहित पाँच जना पक्राउ

सशस्त्र प्रहरीले दशगजाबाट लागूऔषध र भारतीय रूपैयाँसहित पाँच जना पक्राउ गरेको छ।
 |  बुधबार, पुस ७, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, पुस ७, २०७८

 झापा- सशस्त्र प्रहरीले दशगजाबाट लागूऔषध र भारतीय रूपैयाँसहित पाँच जना पक्राउ गरेको छ।

पक्राउ पर्नेहरूमा मेचीनगर-१० बस्ने २६ वर्षीय अनुप राजवंशी, सोही ठाउँका २५ वर्षीय राजा उराव, पाँचथरको फिदिम-१ चौतारेडाँडा घर भई हाल बिर्तामोड बस्ने २७ वर्षीय सरोज लावती, २४ वर्षीय विवश खवास र २१ वर्षीय वीरबहादुर राई रहेको सशस्त्र प्रहरी बल गण नम्बर २ झापाका डीएसपी प्रेमबहादुर भण्डारीले जानकारी दिए।

भारतबाट नेपालतर्फ आइरहेका उनीहरूलाई बिओपी काँकडभिट्टाको सशस्त्र टोलीले मेचीनगर-६ कालीमन्दिरस्थित नेपाल-भारत सीमा पिलर ८८-७ नजिकैबाट बुधबार दिउँसो ३ बजे पक्राउ गरेको हो।

सशस्त्रले उनीहरूको साथबाट प्रतिबन्धित औषधि अल्प्राजोलम पाज ६३ चक्की, ९४ हजार ८ सय ६० भारतीय रूपैयाँ, ४ सय ३० नेपाली रूपैयाँ र एउटा मोबाइल बरामद गरिएको डिएसपी भण्डारीले बताए।

पक्राउ परेका पाँचै जनालाई लागुऔषध र नगदसहित आवश्यक कारबाहीका लागि इलाका प्रहरी कार्यालय काँकडभिट्टा बुझाइसकेको सशस्त्रले जनाएको छ।

प्रकाशित: Dec 22, 2021| 20:37 बुधबार, पुस ७, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।