गुलरिया- बारबर्दिया नगरपालिका औरी निवासी ६ वर्षीया बालिकाको शव बबइ नदीको नहरमा फेला परेको छ। पाँच दिनदेखि हराइरहेकी बालिकाको शव बुधबार बबइ नहरमा भेटिएको हो।
शनिबारदेखि हराइरहेको बालिका देवीका खनालको खोजिका लागि नेपाल प्रहरी र शसस्त्र प्रहरीको संयुक्त टोली खटिएको थियो।
बालिकाका बावु विष्णु खनालले आइतबार प्रहरीचौकी कर्तनियामा आफ्नी छोरी हराएको जानकारी दिएलगत्तै प्रहरीले खोजतलासको कार्य सुरु गरेको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी निरीक्षक चक्रबहादुर डमरपालले बताए।
घरदेखि ५ सय मिटर पश्चिम नहरको अंडर ग्राउण्डभित्र बालिकाको शव भेटिएको हो। पोष्टमार्टमका लागि शव बर्दिया अस्पताल पठाइएको प्रहरी निरीक्षक डमरपालले जानकारी दिए।