मंगलबार, भदौ २, २०८३
  • गृहपृष्ठ
  • समाज
  • दलित समुदायले सञ्चालमा ल्याएको पहिलो गार्मेन्टको व्यस्तता

दलित समुदायले सञ्चालमा ल्याएको पहिलो गार्मेन्टको व्यस्तता

सिन्धुपाल्चोकको सदरमुकाम चौतारामा पहिलो पटक सञ्चालनमा आएको गार्मेन्ट उद्योगले क्रमश: सिन्धुपाल्चोकको बजारमा सामग्री बिक्री गर्न सुरु गरेको छ।
 |  बुधबार, पुस ७, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, पुस ७, २०७८

सिन्धुपाल्चोक- सिन्धुपाल्चोकको सदरमुकाम चौतारामा पहिलो पटक सञ्चालनमा आएको गार्मेन्ट उद्योगले क्रमश: सिन्धुपाल्चोकको बजारमा  सामग्री बिक्री गर्न सुरु गरेको छ।

मेसिनरी बजारहरु थप भएसँगै चौताराको निजी विद्यालय जुगल बोर्डिङ हाइस्कुलको ड्रेसयही गार्मेन्टबाट तयार गरिएको छ। विद्यालयका प्रिन्सिपल ओम प्रकास उप्रेतीले स्थानीय स्तरको उद्योगलाई प्रवर्धन गर्न आफूहरुले यसो गरेको बताउँछन्। भन्छन् , 'स्थानीय ठाँउको उद्योगलाई प्रर्वदन गर्नुपर्छ भनेर स्वेटर ,ट्रयाकसुट,टाई, बेल्ट बनाउने कामको अर्डर दिएका हौं।' विगतका वर्षमा काठमाडौमा अर्डर दिँदा ढिलो आउने, बारम्बार धाउनुपर्ने समस्याबाट छुटकारा मिलेको उप्रेती बताउँछन्।  

श्री कृष्ण रत्न गंगा माविको  ट्याकसुट सेट निर्माणको काम पनि यही गार्मेन्टबाट भइरहेको छ। गार्मेन्ट उद्योग नयाँ हो तर, उद्योगले दिएको गुणस्तरबाट विद्यालय, क्लबहरु खुसी छन्। उद्योगले अहिले जिल्लाको विद्यालय, क्लबहरुको ड्रेस  यहाँबाटै उत्पादन गरि बिक्री वितरण गर्ने थालेको हो।  

सिजनको समयमा यहाँ बीस जना भन्दा बढीले रोजगारी पाउने गरेका छन्। मेसिनहरु थप हुँदै गरेको र बजार पनि बढ्दै गरेकाले केही समयमै अन्यले पनि रोजगार पाउँने सञ्चालकहरुको भनाइ छ। यहाँ काठमाडौंबाट कच्चा पदार्थ ल्याइ कपडा उत्पादन गर्ने गरिन्छ। रोल सादा कपडा ल्याइ डिजाइन यही तयार हुन्छ। अहिले यहाँ टिसर्ट, पाइन्ट, ट्राउजरलगायत उत्पादन हुने गर्दछ।    

विगतका वर्ष राजधानीमात्र बजार केन्द्रित थियो।  बजारीकरणको समस्या समाधान हुने हो भने उत्पादन जति पनि दिन सकिने गार्मेन्ट सञ्चालक समितिका संयोजक हरि विश्वकर्माको भनाइ छ। पर्याप्त मेसिनरी बजारहरु भएकाले उत्पादन दिन समस्या छैन। गार्मेन्ट उद्योगमा सिलाइ मेसिन, इन्टरलक, फ्याट लक, रिसकटरहरु छन्। 

सत्तरी लाख रुपैयाँ भन्दा बढी लगानी गरेर स्वाभिमानी बहुउद्धेश्य सहकारीमार्फत सिन्धुपाल्चोकमा पहिलोपटक गार्मेन्ट उद्योग सञ्चालन आएको हो। सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका ५ मा सञ्चालित यो गार्मेन्ट उद्योगमा आवद्ध सबै सदस्य दलित समुदायका हुन्। गार्मेन्ट उद्योग सञ्चालनका लागि  भाडामा लिएको जग्गामा पूर्वाधार निर्माण गरिएको छ। गाउँमै काम पाएपछि बेरोजगार बस्न नपरेको उद्योगका व्यवस्थापक बादलराज नेपाली बताउँछन्।  गार्मेन्ट उद्योग सञ्चालनमा आएपछि सीप भएका स्थानीयले दैनिक काम अनुसारको ज्याला पाइरहेका छन्।     

दलित समुदाय आफैं सहकारीमार्फत उद्यमी बन्न अग्रसर भएपछि उद्योगलाई थप व्यवसायिक बनाउन नगरपालिकाले सहयोग गरेको छ। चौतारा साँगाचोकगढी नगरपालिकाले सामान खरिद गर्नका लागि गत वर्षमा २० लाख उपलब्ध गराएको थियो। नगरपालिकालाई आर्थिक अवस्थामा सुधार ल्याउनका लागि युवाहरु एकजुट भएर काम गर्न थालेपछि सहयोग गरिएको नगरपालिकाका प्रमुख अमानसिं तामाङले बताए। नगरपालिकाको सँगै भवन निर्माणलगायतमा घरेलु तथा साना उद्योग समितिकोसमेत सहयोग रहेको गार्मेन्ट सञ्चालक समितिले जनाएको छ।  - न्युज कारखाना

प्रकाशित: Dec 22, 2021| 20:10 बुधबार, पुस ७, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।