मंगलबार, भदौ २, २०८३

तनहुँमा धान उत्पादन घट्यो

तनहुँमा यस वर्ष धान उत्पादन घटेको छ। कृषि ज्ञान केन्द्र तनहुँका अनुसार जिल्लामा गत वर्षको तुलनामा १६.४५ प्रतिशत धान उत्पादन घटेको हो।
 |  बुधबार, पुस ७, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, पुस ७, २०७८

तनहुँ- तनहुँमा यस वर्ष धान उत्पादन घटेको छ।  कृषि ज्ञान केन्द्र तनहुँका अनुसार जिल्लामा गत वर्षको तुलनामा १६.४५ प्रतिशत  धान उत्पादन घटेको हो।  

यो वर्ष ४१ हजार ९६७ मेट्रिक टन धान उत्पादन भएको कृषि ज्ञान केन्द्रकी कृषि अर्थ विज्ञ प्रकृति न्यौपानेले जानकारी दिइन्। १० हजार ८९८ हेक्टर क्षेत्रफलमा धानवाली लगाईएको थियो।  १२५ हेक्टरमा लगाइएको धानखेतीमा बाढी पहिरो र वर्षाले क्षति पुर्‍याएको थियो। 

गत वर्ष जिल्लामा १२ हजार ६८० हेक्टर क्षेत्रफलमा धान खेती लगाइएकोमा ५० हजार २३ मेट्रिक टन धान उत्पादन भएको न्यौपानेले जानकारी दिइन्। एक हजार ७८२ हेक्टर क्षेत्रफल घट्दा उत्पादन आठ हजार ५६ मेट्रिक टन कम भएको छ। 

बाढी पहिरोसँगै धान लगाउने क्षेत्रफल कम भएकाले वर्षेनी धान उत्पादन घटिरहेको कृषि ज्ञान केन्द्र तनहुँका प्रमुख कुलप्रसाद तिवारीले बताए। ‘यसपाली धान रोप्नेवित्तिकै आएको बाढी र पाकेर थन्क्याउने बेलामा भएको बेमौसमी वर्षाको कारण उत्पादन घटेको हो। अर्कोतर्फ वर्षेनी धान लगाउने क्षेत्रफल घट्दा उत्पादन स्वत: कम हुदैँछ’, उनले भने। तिवारीका अनुसार गाउँका टारी खेत जनशक्ति अभावमा बाझिएका छन्। 

राजमार्ग छेउछाउ र बजार क्षेत्रमा रहेका उर्वर जमिन प्लटिङ भएर घडेरीमा रुपान्तरण हुदाँ लहलह धान झुल्नुको सट्टा बडेमानका कंक्रिटका घर ठडिएको तिवारीले बताए। ‘बजार क्षेत्रको खेतमा धान फलाउएर भन्दा घडेरीमा विक्री गर्दा राम्रो मुल्य पर्ने भएकाले धमाधम प्लटिङ भइरहेका छन्’, उनले भने। सरकारले भूमि सम्बन्धी नीति बनाएर खेतीयोग्य भूमिमा घरटहरा बनाउन नपाइने प्रावधान लागू नगरेसम्म वर्षेनी धान उत्पादन घट्ने र परनिर्भरता बढ्ने उनको भनाइ छ।

चैते धान उत्पादन भने यो वर्ष बढेको छ। कार्यालयका अनुसार यो वर्ष छ हजार ८४५ हेक्टर क्षेत्रफलमा चैते धान लगाईएको थियो। १६ हजार ८९८ मेट्रिक टन उत्पादन भएको छ। गतवर्ष चार हजार ३२५ हेक्टर क्षेत्रफलमा लगाईएको चैते धान ११ हजार ३१  मेट्रिक टन उत्पादन भएको थियो। 

जिल्लाको ढोरफिर्दी, मान्द्रेफाँट, साँखे, शेराफाँट, बाह्रबिसे, तनहुँसुर, सेपाबगैंचा, कलेस्ती, पुर्कोट, गजरकोटको अत्रौली, आँबुखैरेनी, साँगे लगायतका फाँट धान उत्पादनका लागि उर्वर क्षेत्र हुन्। जिल्लाका किसानले सावित्री, मंसुली, मकवानपुरे, रामधाान सुख्खा १, सुख्खा २ लगायतका उन्नत जातका धान लगाउने गर्दछन्। 

टाइसिन, बासमती लगायतका केही रैथाने जातका धान पनि जिल्लाका किसानले छिटफुट रुपमा लगाउने गर्दछन्। तर रैथाने जातका धान किसानले निकै कम लगाउने कृषि अर्थ विज्ञ न्यौपानेले बताइन्। ‘घरमा उपभोग गर्नलाई मात्रै रैथाने जातका धान लगाएको पाइन्छ’, न्यौपानेले अगाडी थप्दै भनिन्, ‘कम उत्पादन हुने हुदाँ किसानको आकर्षण उन्नत जातमा बढेको छ।’ - न्युज कारखाना

प्रकाशित: Dec 22, 2021| 19:44 बुधबार, पुस ७, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।