काठमाडौं- नेपाली चलचित्रका नायक अनमोल केसी ‘इम्पायर इन्टरनेश्नल एजुकेशन एण्ड भिसा सर्भिसेस’ को ब्रान्ड एम्बास्डरमा नियुक्त भएका छन्।
बुधबार काठमाडौंमा एक कार्यक्रमका बीच ‘इम्पायर’ का प्रमुख स्वतन्त्र प्रताप शाह र नायक अनमोलबीच सम्झौता भएको छ। कार्यक्रममा नायक अनमोलले विश्वास कमाइसकेको ब्रान्डसँग जोडिन पाएकोमा खुसी व्यक्त गरेका छन्। आफू भविष्यमा अध्ययनका लागि विदेश जान सक्ने बताएका छन्।
यता इम्पायरका प्रमुख स्वतन्त्र प्रताप शाहले अनमोलसँगको व्यक्तिगत सम्बन्ध र उनको लोकप्रियतालाई देखेर नै ब्राण्ड एम्बास्डर नियुक्त गरेको बताए। अनमोलसँग जोडिँदा संस्थाको लक्षित विद्यार्थीमाझ पुग्न सकिने उनको विश्वास छ। उनले चाँडै अनमोलसँग अन्य कुरामा पनि सहकार्य हुने जानकारी दिएका छन्।
कार्यक्रममा नायक अनमोलले विदेशमा प्राप्त गर्ने ज्ञान र सिपलाई नेपालमा लगाउन उनले जोड दिएका छन्। उनी भन्छन्, ‘विदेश त्यतिकै विकशीत भएको त होइन होला, त्यहाँ केही न केही एक्स्ट्रा ज्ञान छ। त्यसलाई नेपाल ल्याएर केही गर्न सक्दा देशलाई नै राम्रो हुने बताए।’ इम्पायर एजुकेसनले अस्ट्रेलियामा अध्ययनका लागि विद्यार्थीहरू पठाउने गरेको छ।