मंगलबार, भदौ २, २०८३

सञ्चार तथा सूचना विभागको एसएमएस गेटवे सेवा शुभारम्भ

सञ्चार तथा सूचना प्रविधि विभागले केन्द्रीकृत एसएमएस गेटवे सेवा शुभारम्भ गरेको छ।
 |  बुधबार, पुस ७, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, पुस ७, २०७८

काठमाडौं- सञ्चार तथा सूचना प्रविधि विभागले केन्द्रीकृत एसएमएस गेटवे सेवा शुभारम्भ गरेको छ।

बुधबार मन्त्रालयमा आयोजित एक कार्यक्रममा सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले केन्द्रीकृत एसएमएस गेटवे सेवा शुभारम्भ भएको घोषणा गरेका हुन्। उनले अहिलेको युग सूचना र प्रविधिको युग भएकोले प्रविधिसँग लक्षित वर्गलाई जोड्न एसएमएस गेटवे सेवा शुभारम्भ गरिएको बताए।

मन्त्री कार्कीले एमएमएस गेटवे सेवा शुभारम्भ गरेर समापन र चियापानको कार्यक्रम मात्र गर्ने नभई यसको कार्यान्वयनमा पनि सरकारले ध्यान दिने बताए। उनले सरकारले सकेसम्म जनतालाई प्रविधिसँग जोडेर सेवा दिनुपर्ने धारणा राखेका थिए।

मन्त्री कार्कीले भने, ‘अहिलेको युग सूचना र प्रविधिको युग हो। सूचना र प्रविधिसँग हाम्रो लक्षित वर्ग, जोडिएको छ कि छैन? लक्षित वर्गले यसबाट लाभ लिएको छ कि छैन? त्यसतर्फ हामीले गम्भीरतापूर्वक विश्लेषण गरेनौं भने हामी उद्घाटन, समापन, चियापान गर्छौं, त्यतिमा मात्रै यो सिमित हुनसक्छ। त्यसैले जुन उद्देश्यका साथ यो एसएमएस गेटवे हामीले प्रारम्भ गरेका छौं त्यो उद्देश्यमा पूर्ण रूपले सफल हुन सकोस्।'

मन्त्री कार्कीले सरकारले दिएको सेवाबाट नागरिक लाभान्वित हुँदा राज्य नै लाभान्वित बन्ने बताए। उनले एसएमएस गेटवे सेवा सुरु भएको दुई, तीन महिनाभित्रबाट जनता कति लाभान्वित हुन्छन् भन्ने कुराको लेखाजोखा गरिने बताएका थिए। 

कुनै पनि सरकारी निकायले सूचना प्रविधि विभागको पूर्वाधार (सफ्टवेयर) प्रयोग गरी दूरसञ्चार प्रदायक (हाल नेपाल टेलिकम) र एनसीएलमार्फत् सेवाग्राहीलाई एसएमएस पठाउने प्रणाली नै एसएमएस गेटवे हो। 

यसबाट सम्बन्धित निकायले आफ्ना सेवाग्राहीलाई सस्तो दरमा सूचना वा जानकारी पठाउन सक्छन्। सेवाग्राहीले पनि सम्बद्ध सरकारी निकायलाई एसएमएस पठाउँदा लाग्ने शुल्क सस्तो हुनेछ।

प्रकाशित: Dec 22, 2021| 18:21 बुधबार, पुस ७, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।