शुक्रबार, साउन १५, २०८३

पुस अन्तिम साताबाट बुस्टर डोज दिने मन्त्रालयको तयारी

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुस अन्तिम साताबाट कोरोनाविरुद्धको बुस्टर डोज दिने तयारी गरेको छ।
 |  बुधबार, पुस ७, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, पुस ७, २०७८

काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुस अन्तिम साताबाट कोरोनाविरुद्धको बुस्टर डोज दिने तयारी गरेको छ।

बुधबार मन्त्रालयले गरेको भर्चुअल प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्री विरोध खतिवडाले सरकारले पुसको अन्तिम सातादेखि बुस्टर डोज दिने तयारी गरेको बताएका जानकारी दिएका छन्।

उनले विश्व स्वास्थ्य सङ्गठनले अनुमति दिए स्वास्थ्यकर्मी, सुरक्षा कर्मचारी, कर्मचारी, वृद्धवृद्धा र बालबालिकालाई बुस्टर डोज दिने बताए। 

सरकारले ओमीक्रोन भेरियन्टबाट हुने क्षति रोक्न सीमा नाका तथा हवाईमार्गमा सुरक्षाको मापदण्ड कडाइका साथ पालना गरेको पनि स्वास्थ्यमन्त्री खतिवडाले बताए। उनले सबै नागरिकलाई स्वास्थ्य सुरक्षाका मापदण्ड कडाइका साथ अपनाउन आग्रह गरेका छन्।

कोरोना नियन्त्रण गर्नु सरकारको प्रमुख दायित्व रहेकाले बताउँदै मन्त्री खतिवडाले ४ पुसबाट ५७ जिल्लाका १२ देखि १७ वर्ष उमेर समूहका बालबालिकालाई खोप अभियान सुरू गरेकाले त्यसमा सबै उमेर समूहका बालबालिका सहभागी गराउन उनले आग्रह गरे।

प्रकाशित: Dec 22, 2021| 17:39 बुधबार, पुस ७, २०७८
प्रतिक्रिया दिनुहोस्