मंगलबार, भदौ २, २०८३

थप एक जनामा ओमीक्रोन पुष्टि

नेपालमा थप एक जनामा कोरोना भाइरसको नयाँ भेरियन्ट ओमीक्रोन पुष्टि भएको छ।
 |  बुधबार, पुस ७, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, पुस ७, २०७८

काठमाडौं- नेपालमा थप एक जनामा कोरोना भाइरसको नयाँ भेरियन्ट ओमीक्रोन पुष्टि भएको छ।

एक ८९ वर्षीय वृद्धामा ओमीक्रोन भेरियन्ट पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। मन्त्रालयकी प्रवक्ता डा. संगिता मिश्राले ओमीक्रोन संक्रमित व्यक्ति अहिले होम आइसोलेसनमा रहेको बताएकी छन्। उनको स्वास्थ्य अवस्था सामान्य रहेको मिश्राले जानकारी दिइन्।

उनीसँग सम्पर्कमा आएका अन्य व्यक्तिको कन्ट्याक्ट ट्रेसिङ थालिएको मन्त्रालयले जनाएको छ। यसअघि गत मंसिर ३ गते दक्षिण अफ्रिकाबाट आएका दुई जनामा ओमिक्रोन भेरियन्ट पुष्टि भएको थियो।

प्रकाशित: Dec 22, 2021| 17:32 बुधबार, पुस ७, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।