मंगलबार, वैशाख ९, २०८२

अर्जुन हत्याको पाँच दिन, न दोषी पहिचान न अन्त्येष्टि

मृतकका परिवारलाई क्षतिपूर्ति दिनुपर्ने, पीडित परिवारलाई रोजगारीको व्यवस्था हुनुपर्ने, मृतकका सन्तानलाई निःशुल्क शिक्षाको व्यवस्था हुनुपर्ने, पीडित परिवारलाई सुरक्षाको ग्यारेन्टी गर्नुपर्ने लगायतका माग उनीहरुको छ।
 |  बुधबार, पुस ७, २०७८
nespernesper

नेपाल समय

नेपाल समय

बुधबार, पुस ७, २०७८

vianetvianet

काठमाडौं– कैलालीको जानकी गाउँपालिका- ९ का अर्जुन दासको हत्या भएको पाँच दिन बित्यो। अहिलेसम्म परिवारले शव जिम्मा लिएका छैनन् भने दोषी पनि पक्राउ पर्न सकेको छैन। २५ वर्षीय दासको गत शुक्रबार राति घाँटी रेटेको अवस्थामा अमरावती सामुदायिक वनमा शव फेला परेको थियो।

triton college

आफन्तको आन्दोलनका बीच तीन दिनपछि शवको टीकापुर अस्पतालमा पोस्टमार्टम गरिए पनि अन्तिम संस्कार भने अझै गरिएको छैन। आफन्तले संघर्ष समिति नै बनाएर प्रदर्शन गरिरहेका छन्। दोषीलाई पक्राउ गर्दै कारबाही नगरेसम्म अन्तिम संस्कार नगर्ने उनीहरूको अडान छ। 

स्थानीयले दोषीलाई कारबाहीको माग गर्दै आज पनि इलाका प्रहरी कार्यालय टीकापुरअगाडि प्रदर्शन गरेका छन्। मृतकका परिवारलाई क्षतिपूर्ति दिनुपर्ने, पीडित परिवारलाई रोजगारीको व्यवस्था हुनुपर्ने, मृतकका सन्तानलाई निःशुल्क शिक्षाको व्यवस्था हुनुपर्ने, पीडित परिवारलाई सुरक्षाको ग्यारेन्टी गर्नुपर्ने लगायतका माग उनीहरुको छ।

पुस २ गते साँझ घरबाट निस्केका दासको ३ गते घाँटी रेटेर टाउको अलग गरिएको अवस्थामा अमरावती सामुदायिक वनमा शव फेला परेको थियो। ३ गते घाँस काट्न जंगल गएका महिलाले दासको शव देखेपछि घटना बाहिरिएको थियो।

त्यसपछि आफूलाई मनोज बताउने व्यक्तिले एक जनाको घाँटी अलग गरेर भारतीय सीमावर्ती क्षेत्र पुगिसकेको भन्दै आफ्नो साथीसँग कुरा गरेको अडियो सार्वजनिक भएको थियो। प्रहरीले सोही अडियोलाई आधार मानेर अनुसन्धान अगाडि बढाएको थियो। 

National life insurance
एसपी अधिकारीका अनुसार अडियोमा आफूलाई मनोज भनेर परिचित गराउने व्यक्ति दासकै छिमेकी मनोज भण्डारी हुन्। पक्राउ परेका व्यक्ति भने भण्डारी नरहेको एक स्थानीयले जानकारी दिए। 

कैलालीका प्रहरी प्रमुख एसपी विश्व अधिकारीले प्रहरी अनुसन्धान दोषीको नजिक पुगेको बताएका छन्। प्रहरीले एक जनालाई पक्राउसमेत गरेको जनाएको छ। ‘आफन्तले केही जनाको नाममा किटानी जाहेरी गर्नुभएको छ। अडियोलाई आधार मान्ने हो भने पनि गाउँका केही व्यक्ति फरार हुनुहुन्छ। घटना भएको दोस्रो दिनबाट नै अडियोमा कुराकानी गर्ने व्यक्ति फरार रहेकाले हामी दोषी नजिक पुगिसकेका छौं,’ उनले भने। आफूहरूलाई घटनाबारे १७ घण्टा ढिलो गरी जानकारी प्राप्त भएकाले पनि दोषीले भाग्ने समय पाएको उनले बताए।

एसपी अधिकारीका अनुसार अडियोमा आफूलाई मनोज भनेर परिचित गराउने व्यक्ति दासकै छिमेकी मनोज भण्डारी हुन्। पक्राउ परेका व्यक्ति भने भण्डारी नरहेको एक स्थानीयले जानकारी दिए। 

‘हत्यामा संलग्नको पहिचान भइसकेको छ। पहिचान भएका व्यक्तिको खोजी भइरहेको छ। छिट्टै नतिजा आउँछ भन्नेमा ढुक्क छौं,’ प्रहरी प्रमुख अधिकारीले भने। उनले हत्यामा ४ देखि ५ जनासम्मको संलग्नता हुनसक्ने आशंका गरिएको बताए।

हत्यारालाई किन पक्राउ गर्न सकिरहेको छैन प्रहरी

हत्याराले पर्याप्न सुराक छोड्दा पनि प्रहरीले पक्राउ गर्न नसकेको भन्दै स्थानीय आक्रोशि बनेका छन्। अडियोलाई आधार मान्दा फरार रहेका व्यक्तिको पहिचान भइसकेको अवस्थामा प्रहरीले दोषीलाई पक्राउ गर्न नसक्नु ठूलो कमजोरी रहेको उनीहरूको आरोप छ।

प्रहरी भने ढिला गरी आफूलाई सूचना प्राप्त भएकाले अपराधी भाग्न सफल भएको बताउँछ। घटनास्थल नजिकैको रहेको अमरावती प्रहरी चौकीका असई सुरत बोहराले अपराधी कुनै पनि हालतमा उम्किन नसक्ने बताए। 

उनले इन्टर पोलको सहयोगमा वा भारतीय दूतावासको सहयोगमा भए पनि भारत फरार भएका भनिएका अपराधीलाई प्रहरीले चाँडोभन्दा चाँडो पक्राउ गर्ने बताए। 

घटना भएको स्थानबाट भारतीय सीमा १४ किलोमिटर मात्रै छ। अपराधी भाग्न सफल भएको हुन सक्ने उनको भनाइ छ। तर, प्रहरी अपराधीको एकदमै नजिक पुगिसकेकाले धेरै कुरा भन्न नमिल्ने उनी बताउँछन्।

त्रसित स्थानीय के भन्छन्?

स्थानीय एवं वडा नम्बर ९ का अध्यक्ष खगेन्द्र भण्डारीले आक्रोशित आफन्तले चरणबद्ध आन्दोलन गरिरहेको बताए। आज टीकापुर प्रहरी चौकी घेराउ गरेका आफ्तले भोलि जानकी गाउँपालिका घेराउ गर्ने कार्यक्रम तय गरेको बताए।

उनले गाउँका केही युवा घटनापछि फरार रहेको र दुई जना पक्राउसमेत परिसकेको बताए। ‘प्रहरीले केहीलाई पक्राउ गर्दै सोधपुछ गरेर छोडेको छ। दुई युवा प्रहरी हिरासतमै छन्। अपराधमा संलग्न सबै १८ देखि २१ वर्षसम्मका रहेको बुझिएको छ,ु उनले भने।

उनले मोबाइलका विषयमा विवाद हुँदा हत्या भएको भन्ने बुझिएको बताए। फरार रहेका युवाहरू नसालु पदार्थ सेवन कर्तासमेत रहेको भण्डारीको भनाइ छ।

जिल्लाको पूर्वी क्षेत्रमा आपराधिक घटना बढेसँगै स्थानीय सर्वसाधारण भने चिन्तित बनेका छन्। एकपछि अर्को गर्दै व्यक्ति हत्याका विभत्स घटना सार्वजनिक हुन थालेपछि जनतामा त्रास बढेको हो। टीकापुर, लम्की, चिसापनी र जानकी गाउँपालिकासहित वरपरका क्षेत्रमा पछिल्लो पाँच महिनामा जघन्य हत्याका घटना भएका छन्।

साउनमा कैलालीको टीकापुर नगरपालिका–१ का साढे तीन वर्षका बालक विवेक विष्टको हत्या भएको थियो। गत कात्तिक १२ गते टीकापुरमै १८ वर्षीय अनुप साउदको छुरा प्रहार गरी हत्या गरिएको थियो। कात्तिकमै मोहन्याल गाउँपालिकामा पनि एक युवकले स्थानीय पसलेको हत्या गरेका थिए। कात्तिक २३ गते लम्कीका २३ वर्षीय भूपेन्द्र बडुवालको हत्या गरिएको थियो।

प्रकाशित: Dec 22, 2021| 16:49 बुधबार, पुस ७, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।
प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 
प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 
बागमतीबाट पनि बाहिरियो राप्रपा

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।
म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।