मंगलबार, भदौ २, २०८३

लोपोन्मुख जडीबुटी सतुवा खेतीमा युवाको आकर्षण

लमजुङको मर्स्याङ्दी गाउँपालिका–७ छिनखोलाका अजय तामाङ अहिले लोपोन्मुख जडीबुटी संरक्षणमा लागेका छन्। उनले गाउँका बेरोजगार युवालाई समेत जडीबुटी संरक्षणमा लाग्न प्रेरित गदै बाँझो रहेका जग्गामा सतुवा, वन लसुन र टिमुरका विरुवा रोपेका छन्।
 |  बुधबार, पुस ७, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, पुस ७, २०७८

लमजुङ- लमजुङको मर्स्याङ्दी गाउँपालिका–७ छिनखोलाका अजय तामाङ अहिले लोपोन्मुख जडीबुटी संरक्षणमा लागेका छन्। उनले गाउँका बेरोजगार युवालाई समेत जडीबुटी संरक्षणमा लाग्न प्रेरित गदै बाँझो रहेका जग्गामा सतुवा, वन लसुन र टिमुरका विरुवा रोपेका छन्।

सतुवाखेतीमा लागेसँगै मर्स्याङ्दी  गाउँपालिकाका–१० जना युवाहरू आपसमा मिलेर एक वर्षअगाडि लालीगुराँस बहुउद्देश्यीय कृषि तथा जडीबुटी सहकारी संस्था दर्ता गरेका छन्।  उनीहरूले  १० रोपनी जग्गामा सतुवा खेती सुरु गरेका छन्।

सतुवा खेतीमा लागेका तामाङले सतुवा खेतीसम्बन्धी आफूले जानेको ज्ञान, सीप जिल्लाका विभिन्न ठाउँमा रहेका अन्य किसानलाई पनि सिकाउँदै आएका छन्। 

‘अलैँची खेतीसँगै व्यावसायिक सतुवा खेतीलाई थप विस्तार गर्दै लैजाने मेरो सोच छ,’ उनले भने। तामाङले छिनखोलामा ४० रोपनी पाखो जग्गामा अलैँची खेती गरेका छन्। अलैँची खेतीसँगै अहिले उनी सतुवा खेतीलाई व्यावसायीक रुपमा अगाडि बढाएका छन् । उनले भने, ‘कम समय, श्रम र पैसामा धेरै उत्पादन र आम्दानी गर्न सकिने भएकाले सतुवा खेतीतर्फ आकर्षित भएको हुँ।’

सुरुमा दोलखाबाट प्रति बिरुवा ८० रुपैयाँका दरले ५०० बिरुवा ल्याएर एक रोपनी जग्गामा उनले सतुवा खेती सुरु गरेका हुन्। अहिले उनले  पाँच रोपनीमा रहेका तीनवटा ग्रीन हाउसमा करिब १२ हजार सतुवाको बिरुवा रोप्ने योग्य बनाएका छन्। 

‘सुरुमा एक लाखबाट सुरु गरेको सुतवा खेतीमा अहिले करिब १५ लाख लगानी भइसकेको छ,’ तामाङले भने। उनीमात्र होइन छिनखोलाकै दिनेश तामाङ पनि लकडाउनको समयमा अहिले सतुवा रोपेर दिन बिताएका छन्। 

बजारमा सतुवाको माग र मूल्य दुवै उच्च छ। ‘सतुवाको मूल्य प्रतिकेजी ६ हजारदेखि १२ हजार रुपैयाँसम्म पर्छ,’ उनले भने, ‘अन्य खेतीमा भन्दा सतुवा खेतीमा किसानलाई फाइदा छ।’

अहिले छिनखोलामा अलैंचीसँगै सतुवा खेतीमा पनि स्थानीयको आर्कषण बढेको चितरीमायाँ तामाङ बताउँछिन। उनीमात्र होइन मर्स्याङ्दी गाउँपालिका–८ रिङटाङकी कृष्णकुमारी गुरुङ पनि गतवर्ष कोरोना महामारीसँगै बजारबाट गाउँ फर्किएकी छन्।

लामो समयदेखि बेसीशहरमा बस्दै आएकी कृष्णकुमारी गतवर्ष गाउँ फर्किएसँगै बाँझो एक रोपनी जग्गामा सतुवा खेती गरेकी छन्। 

उनी भन्छिन्, ‘कोरोनाले बेसीशहरमा बस्ने उपाय भएन, गाउँ फर्किएसँगै अहिले कृषिकर्ममा लागेकी छु।’ 

सतुवा जंगलमा पाइने एक प्रकारको जडीबुटी हो। समुद्री सतहदेखि १४ सय मिटरमाथि उचाइसम्ममा यसको खेती गर्न सकिन्छ। 

संरक्षणको अभावमा सतुवा जडीबुटी हराउँदै जान थालेको मस्र्याङ्दी  गाउँपालिका ४ का वडाध्यक्ष सुमन गुरुङले बताए। उनका अनुसार सतुवाको सेवनले पेट, घाँटी दुखेको, खाना अपच भएको समस्याका साथै सर्पले टोकेको निको हुन्छ । सतुवा बहुमूल्य जडीबुटी रहेको उनले बताए। - न्युज कारखाना

प्रकाशित: Dec 22, 2021| 21:05 बुधबार, पुस ७, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।