शनिबार, जेठ २, २०८३

विदेश जानेलाई आठ अस्पतालबाट जोनसनको खोप

विदेश जानेहरुलाई सरकारले कोभिडविरुद्धको जोन्सन एण्ड जोन्सन खोप दिन थालेको छ।
 |  बुधबार, पुस ७, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, पुस ७, २०७८

National life

काठमाडौं– विदेश जानेहरुलाई सरकारले कोभिडविरुद्धको जोन्सन एण्ड जोन्सन खोप दिन थालेको छ। एक डोज मात्रै लगाउँदा पुग्ने उक्त खोप काठमाडौंका विभिन्न अस्पतालबाट बुधबारबाट खोप दिन लागिएको हो।

सरकारले सैनिक अस्पताल, नेपाल प्रहरी अस्पताल महाराजगञ्ज, सशस्त्र प्रहरी अस्पताल बलम्बु, निजामती अस्पताल, शिक्षण अस्पताल महाराजगञ्ज, वीर अस्पताल, प्रसूति गृह थापाथली, टेकु अस्पतालबाट खोप लगाउन पाइने व्यवस्था छ।

प्रकाशित: Dec 22, 2021| 14:00 बुधबार, पुस ७, २०७८
प्रतिक्रिया दिनुहोस्