बुधबार, जेठ २७, २०८३

किताब जात्राको विश्व यात्रा दिल्लीबाट सुरु हुँदै

‘सेलिब्रेटिङ दि पावर अफ वर्डस’ नारा सहित ‘किताब जात्राको विश्व यात्रा’ भोलि बिहीबारबाट सुरु हुने भएको छ। यसपालि किताब जात्राले पाँचौं संस्करण नयाँ दिल्लीमा गर्दैछ।
 |  बुधबार, पुस ७, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, पुस ७, २०७८

काठमाडौं– ‘सेलिब्रेटिङ दि पावर अफ वर्डस’ नारा सहित ‘किताब जात्राको विश्व यात्रा’ भोलि बिहीबारबाट सुरु हुने भएको छ। यसपालि किताब जात्राले पाँचौं संस्करण नयाँ दिल्लीमा गर्दैछ। 

National life

किताब यात्रा दिल्ली नाम दिएर गर्दै गरेको साहित्यिक महोत्सवमा नेपाल र भारतीय लेखकहरुबीचको अन्तरक्रिया हुनेछ। दुई देशका लेखकहरुको लेखन अनुभवबारे छलफल हुनेछ। लेखक अमर न्यौपाने किताब जात्रा दिल्लीको वक्ता हुन्। अंग्रेजी, हिन्दी र नेपाली भाषामा हुने किताब जात्राले अन्तर्राष्ट्रिय मञ्चमा नेपाली लेखकलाई उभ्याउन पहल भएकोमा खुशी छन् न्यौपाने। भन्छन्, ‘कस्तो होला भनेर मनमा अलिअलि संकोच र डर छ। तर, उत्साहित पनि छु।’ 

दिल्ली संस्करणमा नेपालबाट आख्यानकार अमर न्यौपाने सहित चौधरी ग्रुपका कार्यकारी निर्देशक वरुण चौधरी, कलाकार तथा लेखक हरिवंश आचार्य, कवि नवराज पराजुली, आइएमइका प्रमुख कार्यकारी अधिकृत सुमन पोखरेल लगायतका बक्ताहरु छन्।  त्यसैगरी किताब जात्रामा न्यु दिल्ली टेलिभिजनकी वरिष्ठ सम्पादक कादम्बीनी शर्मा वक्तामा रुपमा बोल्ने छिन्।

किताब भनेकै किताब यात्रा बनाउने योजना विस्तारै पूरा भएको बताउँछन् किताब यात्राका सञ्चालक ऋषिराम अधिकारी। अहिलेसम्म १ सय २० स्थानहरुमा किताब यात्राले काम गरिरहेको छ भने विश्वका ७० वटा देशमा रहेका नेपाली भाषीहरुलाई नेपाली भाषाका पुस्तक प्रदान गर्ने सेवा दिइरहेको छ। 

२७ हजार पाँच सय रुपैयाँमा दिल्लीबाट तीनवटा बोरामा किताब हालेर रक्सौल नाका हुँदै नेपाल भित्र्याएसँगै किताब यात्रा जन्मिएको अधिकारी सम्झिन्छन्। ‘२०७४ बाट सुरु भएको थालनी भएको किताब यात्रा दिल्ली संस्करण सम्भवतः नेपाली संस्थाबाट भएको अन्तर्राष्टिय स्तरको पहिलो साहित्यक महोत्सव हो। राजधानीमा प्रकाशन भएको पुस्तकहरु सोही दिन राजधानी बाहिरका पाठकले किताब यात्रा मार्फत सहजै पाउँछन्,’ अधिकारी भन्छन्।

Shivam cement

प्रकाशित: Dec 22, 2021| 14:15 बुधबार, पुस ७, २०७८
प्रतिक्रिया दिनुहोस्