मंगलबार, असार ३०, २०८३

मेगा बैंकले बढायो सेवा अवधि, बिदाको दिन पनि खुल्ने

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं- मेगा बैंक नेपाल लिमिटेडले उपत्यका बाहिरका शाखा कार्यालयहरुको समयावधि बढाएको छ। ग्राहकको आग्रहमा मेगा बैंकले राजधानी भित्र र बाहिरका शाखाहरुमा कारोबारको समय थप गरेर सेवा प्रदान गरेको जनाएको छ।

काठमाडौंको राइजिङ मलस्थित केन्द्रीय कार्यालयमा रहेको मुख्य शाखाले स्थापनाकालदेखि नै बिहान ८ बजेदेखि साँझ ८ बजेसम्म सेवा दिँदै आएको छ भने ठमेल शाखाले पनि साँझ ८ बजेसम्म सेवा दिँदै आएकोे बैंकले जानकारी गराएको छ। उक्त शाखाहरु शनिबार पनि सेवा दिने व्यवस्था मिलाएको बैंकले जनाएको छ।

यसैगरी, उपत्यका भित्रकोे कलंकी, जावलाखेल र न्यूरोड शाखाबाट ग्राहकले बेलुकी ७ बजेसम्म सेवा लिन सक्नेछन् भने गोंगबु शाखा बेलुकी ६ बजेसम्म सञ्चालन हुनेछ। उपत्यका बाहिरको जनकपुर शाखाबाट ग्राहकले बेलुकी ७ बजेसम्म र हेटौंडा शाखाबाट बेलुकी ६ बजेसम्म सेवा लिन मिल्ने व्यवस्था मिलाइएको बैंकले जनाएको छ । 

ग्राहकको सुविधालाई प्राथमिकतामा राखेर देशभरका विभिन्न शाखाहरुबाट शनिवार एवं सार्वजनिक विदाको दिनमा समेत बैंकिङ्ग सेवा लिन मिल्ने व्यवस्था मिलाएकोे बैंकले जनाएको छ। उपत्यकाभित्रका शाखाहरुमध्ये ६ वटा शाखाहरु र उपत्यका बाहिरका शाखाहरुमध्ये १० वटा शाखाहरु शनिवार एवं सार्वजनिक विदाको दिनमा समेत सञ्चालन हुनेछन्।

उपत्यकाभित्रका थप ४ वटा शाखाहरु र उपत्यकाबाहिरका थप ३ वटा शाखाहरु शनिवार बाहेक अन्य सार्वजनिक बिदामा पनि खुल्ला रहने बैंकले जनाएको छ। शनिवार तथा सार्वजनिक विदाको दिनमा संचालन हुने शाखाहरु मध्ये गोंगबु र न्यूरोड शाखा दिउँसो २.०० बजे देखि बेलुका ५.०० बजेसम्म संचालन हुनेछन् भने बाँकी शाखाहरु विहान ११.०० बजे देखि दिउँसो २.०० बजे सम्म संचालन हुनेछन्।

‘हलोदेखि हाइड्रोसम्म’ मुख्य नारा लिएको मेगा बैंकको हाल देशभर ९९ शाखा, १४ एक्टेनशन काउन्टर, २,००० मेगा रेमीट सञ्जाल, ११९ वटा शाखारहित केन्द्रहरु, ७४ मेगा मनी मेशिन छन् । आउने आर्थिक बर्षमा समेत थप शाखा कार्यालयहरु, एक्शटेनसन काउन्टर, एटीएम सञ्जाल, शाखारहित केन्द्रहरु र मेगा रेमिट एजेण्टहरु खुल्ने मेगा बैंकले जनाएको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्