सोमबार, फागुन २५, २०८२
  • गृहपृष्ठ
  • विदेश
  • तालिबानद्वारा डुरान्ड लाइनमा रहेको पाकिस्तानको काँडेतार ध्वस्त

तालिबानद्वारा डुरान्ड लाइनमा रहेको पाकिस्तानको काँडेतार ध्वस्त

तालिबानले अफगानिस्तानको नान्गाहार प्रान्तको गुस्ता जिल्लाको डुरान्ड लाइनमा पाकिस्तानी सेनाले खडा गरेको काँडे तार ध्वस्त पारेको स्थानीय सञ्चारमाध्यमले जनाएका छन्।
 |  बुधबार, पुस ७, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, पुस ७, २०७८

 काबुल- तालिबानले अफगानिस्तानको नान्गाहार प्रान्तको गुस्ता जिल्लाको डुरान्ड लाइनमा पाकिस्तानी सेनाले खडा गरेको काँडे तार ध्वस्त पारेको स्थानीय सञ्चारमाध्यमले जनाएका छन्।

National life

खामा प्रेसका अनुसार पाकिस्तानी सेनाले यसलाई फराकिलो बनाउन चाहेपछि काँडे तार भत्काएर अफगानिस्तानमा ल्याइएको बताइएको छ। सीमावर्ती जिल्ला गुस्तामा भएको उक्त अपरेशनको नेतृत्व गुप्तचर महानिर्देशनालय (जीडीआई) का प्रादेशिक प्रमुख डाक्टर बशीरले गरेका थिए।

घटनापछि पाकिस्तानी सेनाले सोमबार राति कुनार प्रान्तमा तोपबारी प्रहार गरेको खबरलाई उद्धृत गर्दै खामा प्रेसले जनाएको छ।

पाकिस्तान र अफगानिस्तान बीच लगभग २,४०० किलोमिटर फैलिएको डुरान लाइनमा पाकिस्तानले लगभग आफ्नो  तर्फको सिमामा काँडेतार लगाउँने काम लगभग पूरा गरिसकेको जनाइएको छ।   

प्रकाशित: Dec 22, 2021| 00:30 बुधबार, पुस ७, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।