शुक्रबार, वैशाख १८, २०८३

सन् २०२० मा चिनियाँ महिलाको औसत आयु ८० वर्षभन्दा बढी

सन् २०२० मा चिनियाँ महिलाहरूको औसत आयु ८०.८८ वर्ष पुगेको छ। सन् २०१० मा ७७.३७ वर्ष रहेको चिनियाँ महिलाहरूको औसत आयु दश बर्षमा करीब तीन प्रतिशतले बढेको राष्ट्रिय तथ्याङ्क ब्यूरो (एनबीएस) ले मङ्गलबार जनाएको छ।
 |  बुधबार, पुस ७, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, पुस ७, २०७८

बेइजिङ- सन् २०२० मा चिनियाँ महिलाहरूको औसत आयु ८०.८८ वर्ष पुगेको छ। सन् २०१० मा ७७.३७ वर्ष रहेको चिनियाँ महिलाहरूको औसत आयु दश बर्षमा करीब तीन प्रतिशतले बढेको राष्ट्रिय तथ्याङ्क ब्यूरो (एनबीएस) ले मङ्गलबार जनाएको छ।  

National life

चिनियाँ महिलाहरूको विकासका लागि रूपरेखा (२०११–२०२०) को अनुगमन परिणामबारे एनबीएसको प्रतिवेदनमा भनिएको छ, 'विगत एक दशकमा चिनियाँ महिलाको सामाजिक हैसियत उल्लेख्य रूपमा उठाइएको छ र उनीहरूको उपलब्धि, सुख र सुरक्षाको भावना नाटकीय रूपमा बढेको छ।'

अनिवार्य शिक्षामा लिंगको अन्तर समाप्त भएको छ। प्राथमिक विद्यालय उमेरका बालिकाको शुद्ध भर्ना दर सन् २०१५ देखि लगातार छ वर्षसम्म ९९.९ प्रतिशतभन्दा बढी रहेको छ जुन केटाहरूको दर जस्तै छ।

विगत एक दशकमा रोजगारीका लागि नीतिगत सुधार र व्यवसाय सुरु भएसँगै महिलाका लागि रोजगारीको माध्यम विस्तार भएको छ। कर्मचारीतन्त्रमा महिलाको सङ्ख्या पनि निरन्तर बढेको देखिएको छ। गत वर्ष सहरी कार्य एकाइहरूमा ६७.७९ करोड महिला कर्मचारीहरू थिए र यो सन् २०१० देखि ३९.५ प्रतिशत थियो।

रिपोर्टअनुसार हाल चीनको कुल रोजगारको ४३.५ प्रतिशत महिलाहरू छन्। एक दशकको अवधिमा लैङ्गिक समानता र महिलाको सर्वाङ्गीरण विकासलाई अघि बढाउन ऐतिहासिक प्रगति भए पनि कतिपय क्षेत्रमा महिला अधिकार र हितको संरक्षण अझै बलियो बनाउन आवश्यक रहेको प्रतिवेदनमा उल्लेख छ।

प्रकाशित: Dec 22, 2021| 05:00 बुधबार, पुस ७, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।