काठमाडौं- २०२१ को सुरुवात भारतीय सिनेमाका लागी उत्कृष्ट रह्यो भने दक्षिण भारतीय फिल्मको क्रेज पनि लगातार बढिरहेको छ। सामग्रीको गुणस्तरका कारण दक्षिण भारतीय चलचित्रहरु लकडाउनको समयमा ओटीटीमाा मा सबैभन्दा धेरै हेरिएका छन्। मास्टर, अन्नात्ते, पुष्पा जस्ता चलचित्रहरूले दर्शकको मन जितेका छन्।
यो वर्ष मन पराइएका दक्षिण भारतीय फिल्महरु :
दृश्यम २
२०२१ को सस्पेन्स क्राइम थ्रिलर दृश्यम २ यस वर्षको उत्कृष्ट चलचित्रहरू मध्ये एक हो। सुपरस्टार मोहनलाल अभिनित यस फिल्मको कथा राम्रोसँग प्रदर्शन गरेको छ। मलयालम फिल्म उद्योगले आफ्ना उत्कृष्ट फिल्महरू मार्फत बारम्बार प्रमाणित गरेको छ कि यो सिनेमाको नयाँ लहरमा बेन्चमार्क हो।
द ग्रेट इन्डियन किचेन
द ग्रेट इन्डियन किचेन, निमिषा सजयन र सूरज भेन्जारामुडु अभिनीत, यो फिल्मले एक नवविवाहित महिला (निमिशा सजयन) को कथा बताउँछ, जसले आफ्नो पति (सूरज भेन्जारामूड) र उनीहरूको परिवारको लागि असल पत्नी बन्न संघर्ष गर्छे। सर्वश्रेष्ठ फिल्मको लागि केरला राज्य फिल्म पुरस्कार, जियो बेबीको लागि सर्वश्रेष्ठ
टोनी बाबुले स्क्रिनप्ले अवार्ड र बेस्ट साउन्ड डिजाइनरको अवार्ड जितेको यो फिल्मले एक महिला कसरी मानवका रूपमा आफ्नो आधारभूत अधिकारका लागि लडिरहेकी छ भन्ने कुरामा प्रकाश पार्छ।
जय भीम
जय भीम केही वास्तविक घटनाहरूमा आधारित छ। चलचित्रको कथा सन् १९९५ मा सेट गरिएको र गाउँमा बस्ने इरुलर समुदायसँग परिचय गराएपछि सुरु हुन्छ। अभिनेत्री लिजोमोल जोसले फिल्ममा आफ्नो दमदार अभिनयले सबैको ध्यान खिचेकी छिन्।
लभ स्टोरी
नागा चैतन्य र साई पल्लवी अभिनित यो फिल्म विशुद्ध प्रेमकथामा आधारीत छ। नागा चैतन्यसग साई पल्लवी फिल्मको सबैभन्दा ठूलो सम्पत्ति थियो। यो रोमान्टिक ड्रामालाई शेखर कममुलाले निर्देशन गरेका हुन्।
मास्टर
यो थलापथी विजय अभिनीत ग्याङ्स्टर ड्रामा चलचित्र हो। यस फिल्मको क्लाइमेक्स दृश्य यसको मुख्य आकर्षण हो। लोकेश कनागराजद्वारा निर्देशित विजयको ६४औं फिल्ममा विजय सेतुपति मुख्य भूमिकामा र मालविका मोहनन नायिकाको रूपमा छन्।
भजरंगी २
शिव राजकुमार अभिनीत कन्नड फिल्म भजरंगी २ मा आध्यात्मको संकेत सहितको सामाजिक सन्देश छ। विस्तृत सेटअपदेखि फिल्मका क्यारेक्टरहरुसम्म, भजरंगी २ को हरेक दृश्य हेर्न लायक छ।
जोजी
निर्देशक दिलीश पोथानले यस वर्ष पटकथा लेखक श्याम पुष्करण र फहद फासिलको नेतृत्वमा अर्को उत्कृष्ट चलचित्र प्रस्तुत गर्न सफल भएका छन्। यो एक चिलिङ डार्किस्ट चलचित्र हो।
पुष्पा: द राइज
अल्लु अर्जुन, रश्मिका मन्डन्ना र फहद फासिल स्टार पुष्पा डिसेम्बर १७ मा रिलिज भएको थियो। रातो चन्दन तस्करीमा आधारित सुकुमार निर्देशित २०२१ को सबैभन्दा आकर्षक मास मसाला फिल्महरु मध्ये एक हो।
वकिल साब
पवन कल्याण स्टार वकिल साहब जुन अमिताभ बच्चन स्टार फिल्म 'पिंक'को तेलुगु रिमेक हो, २०२१ को उत्कृष्ट साउथ फिल्महरुको सूचीमा शीर्ष स्थानमा रहेको छ। अमरउजालाबाट