शुक्रबार, चैत ६, २०८२

निमावि तहमा २५ सय ९८ शिक्षकका लागि विज्ञापन आह्वान

शिक्षक सेवा आयोगले निम्‍न माध्यामिक तहमा रिक्त शिक्षक पदपुर्तिको लागि विज्ञापन आह्वान गरेको छ। निम्‍न माध्यामिक तहमा १० विषयमा २५ सय ९८ जना शिक्षकको नयाँ पदपूर्तिको लागि विज्ञापन आह्वान गरेको हो।
 |  मंगलबार, पुस ६, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, पुस ६, २०७८

काठमाडौं- शिक्षक सेवा आयोगले निम्‍न माध्यामिक तहमा रिक्त शिक्षक पदपुर्तिको लागि विज्ञापन आह्वान गरेको छ। निम्‍न माध्यामिक तहमा १० विषयमा २५ सय ९८ जना शिक्षकको नयाँ पदपूर्तिको लागि विज्ञापन आह्वान गरेको हो।

National life

आयोगको अनुसार पुस ७ गतेदेखि माघ ६ गतेसम्म नियमित शुल्कमा र माग १३ गतेसम्म बिलम्ब शुल्कमा परीक्षा आवेदन फाराम भर्न सकिने आयोगका सूचना अधिकारी सुदर्शन मरहठ्ठाले जानकारी दिए। निमावि तहको परीक्षा चैत १७ बाट माविको परीक्षा सञ्‍चालन हुने केन्द्रमा नै हुने आयोगले जनाएको छ। परीक्षा आवेदन फाराम अनलाइन माध्यमबाट भर्न आयोगले सुचित गरेको छ।

आयोगले शिक्षा तथा मानव स्रोत विकास केन्द्रसँग रिक्त रहेका शिक्षक पदको संख्या थप गर्न माग गरेसँगै केन्द्रले आयोगलाई निमावि तहको रिक्त दरबन्दीको संख्या थप गरेर विवरण पठाएको थियो। 

केन्द्रले यसअघि पठाएको विवरणमा थप गरेर निमावि शिक्षकको विज्ञापन खुलाएको हो। आयोगले विज्ञापन भएको मितिले २१ दिन भित्र संख्या थप गर्न सकिने पनि जनाएको छ।

आयोगले दुई हजार ५९८ पदका लागि विज्ञापन आह्वान गरेको हो। नेपाली विषयमा ४३७, अङ्ग्रेजीमा ६२४, गणित र विज्ञानमा ३६४, गणितमा ३७१, विज्ञानमा ४४०, सामाजिक अध्ययनमा ३५३ लगायत पद संख्यामा शिक्षक माग गरिएको छ। 

Laxmi sunrise bank
kumari

प्रकाशित: Dec 21, 2021| 18:50 मंगलबार, पुस ६, २०७८
प्रतिक्रिया दिनुहोस्