सोमबार, फागुन २५, २०८२
  • गृहपृष्ठ
  • विदेश
  • डब्लूएचओले भन्‍यो - ओमिक्रोन बढ्दै छ, ज्यान गुमाउनुभन्दा घुमघामका रोक्नुस्

डब्लूएचओले भन्‍यो - ओमिक्रोन बढ्दै छ, ज्यान गुमाउनुभन्दा घुमघामका रोक्नुस्

विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले कोरोना भाइरसको ओमिक्रोन भेरियन्टको संक्रमण बढ्दै गएकोप्रति सचेत गराउँदै घुमघामका योजना स्थगित गर्न आग्रह गरेको छ।
 |  मंगलबार, पुस ६, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, पुस ६, २०७८

काठमाडौं- विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले कोरोना भाइरसको ओमिक्रोन भेरियन्टको संक्रमण बढ्दै गएकोप्रति सचेत गराउँदै घुमघामका योजना स्थगित गर्न आग्रह गरेको छ। 

National life

विश्वभर तीव्र रूपमा ओमिक्रोनको संक्रमण बढेको भन्दै डब्लूएचओले जनस्वास्थ्यको रक्षा गर्न अनुरोध गरेको हो। डब्लूएचओका महानिर्देशक डा. टेड्रोस एड्हानोम गेहब्रेयससले भने, 'ज्यान नै गुमाउनुभन्दा कार्यक्रम स्थगित गर्नु वेश हुन्छ। अब कठोर निर्णय लिनुपर्ने छ। केही समारोह वा कार्यक्रम रद्द गर्नुहोस् वा सार्नुहोस्। अब डेल्टाभन्दा भेरिएन्टभन्दा ओमिक्रोन तीव्र रूपमा फैलिइरहेको भन्ने प्रमाण भेटिइसकेको छ।'

अमेरिकी स्वास्थ्य अधिकारीहरूले अमेरिकामा ओमिक्रोन भेरियन्टको संक्रमण बढिरहेको बताइरहेका बेला महानिर्देशक टेड्रोसको भनाइ आएको हो।

सबै जना महामारीबाट दिक्क भए पनि धीरता राख्नुको विकल्प नभएको उनको भनाइ छ। पछि पछुताउनुभन्दा अहिले नै उत्सव र घुमघामका कार्यक्रम स्थगित गर्नु उत्तम हुने उनले बताए। त्यस्तै महामारी अन्त्यका लागि खोपको समान वितरण अपरिहार्य रहेको पनि उनको भनाइ छ। सन् २०२२ को मध्यसम्ममा सबै देशका ७० प्रतिशत जनसंख्याले खोपको पूर्ण मात्रा लगाइसक्नुपर्ने उनले बताए।

युरोपमा जर्मनी, फ्रान्सलगायतका मुलुकले कोभिड प्रतिबन्धलाई कडा बनाइरहेका छन्। इसाईहरूको मुख्य पर्व क्रिसमस नजिकै आइरहे पनि युरोपका विभिन्न मुलुकले कडा प्रतिबन्ध लागू गर्ने भएका छन्। नेदरल्यान्ड्सले त कडा लकडाउन नै घोषणा गरिसकेको छ।

Laxmi sunrise bank
kumari

हालसम्म ओमिक्रोन भेरियन्टबाट बेलायत र अमेरिकामा एक-एक जनाको मृत्यु भइसकेको छ। अहिलेसम्म अमेरिकाका ४८ वटा राज्यमा ओमिक्रोन भेरियन्ट फैलिइसकेको छ भने विश्वका करिब ९० देशमा ओमिक्रोनको संक्रमण पुष्टि भइसकेको छ।

प्रकाशित: Dec 21, 2021| 22:05 मंगलबार, पुस ६, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।