शुक्रबार, चैत ६, २०८२

जनक शिक्षाको आकस्मिक अनुगमनमा पुगेका मन्त्री पौडेलले भने– पाठ्यपुस्तक जसरी पनि समयमै छाप्नू

शिक्षा विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले जनक शिक्षा सामग्री केन्द्रलाई समयमै पाठ्यपुस्तक छपाइ गर्न निर्देशन दिएका छन्।
 |  मंगलबार, पुस ६, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, पुस ६, २०७८

काठमाडौं– शिक्षा विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले जनक शिक्षा सामग्री केन्द्रलाई समयमै पाठ्यपुस्तक छपाइ गर्न निर्देशन दिएका छन्।

National life

मन्त्री पौडेलले जनक शिक्षा सामग्री केन्द्रमा आकस्मिक अनुगमन गरेर केन्द्रका महाप्रबन्धक अनिलकुमार झालाई सबै मेसिन नचलेको भन्दै पुस्तक छपाइमा ढिलाइ नगरी समयमै पाठ्यपुस्तक छपाइ गर्न निर्देशन दिएका हुन्।

माध्यमिक तहसम्मको पुस्तक छपाइ गर्ने जिम्मा पाएको केन्द्रलाई पुस्तक छपाइमा ढिला भए विद्यार्थीले समयमा पुस्तक नपाउने भन्दै मन्त्री पौडेलले काममा ढिलाइ हुन नदिन यहाँको अवस्थावारे बुझ्न आकस्मिक रुपमा केन्द्र पुगेको बताए। 

उनले भने, ‘कागज छैन भने तत्काल व्यवस्था गर्नुपर्‍यो। पुस्तक छपाइमा ढिलाइ गर्न कुनै पनि छुट छैन। मेसिन नचलेको भए के कारणले नचलेको हो, पत्ता लागउन पर्‍यो। काम समयमै सक्नुपर्छ।’

जनक शिक्षाले ८० लाख किताब छाप्दै आफ्ना शाखा कार्यालयमा पठाउँदै गरेको जनाएको छ। केन्द्रका सूचना अधिकारी चित्र कुमार आचार्यले छाप्ने काम चैत मसान्तसम्मै चल्ने भए पनि पाठ्यपुस्तक छपाइ गर्दै तयारी पाठ्यपुस्तक पठाउने गरेकाले विद्यार्थीले समयमै पुस्तक पाउने बताए। उनले भने, ‘अहिले कक्षा १० सम्मको पुस्तक छपाइको काम भइरहेको छ। राति पनि मेसिन चलेका छन्। ११ र १२ को स्टक बाँकी भएकाले कक्षा १० सम्मको पुस्तक छापिसकेपछि मात्र ११ र १२को बाँकी पुस्तक छपाइ गर्छौं।’ 

Laxmi sunrise bank
kumari

पाठ्यपुस्तक छपाइबारे अनुगमन गर्न शिक्षा मन्त्रालयका सचिवसहितको टोली जनक शिक्षाको छपाइ स्थलमा पुगेको थियो।

प्रकाशित: Dec 21, 2021| 16:26 मंगलबार, पुस ६, २०७८
प्रतिक्रिया दिनुहोस्