सोमबार, फागुन २५, २०८२

कसरी मुछिइन् ऐश्वर्या राय पनामा पेपर्समा?

बलिउड अभिनेत्री ऐश्वर्या राय बच्चनसँग भारतको प्रवद्र्धन निर्देशनालयले लामो सोधपुछ गरेको छ।
 |  मंगलबार, पुस ६, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, पुस ६, २०७८

काठमाडौं– बलिउड अभिनेत्री ऐश्वर्या राय बच्चनसँग भारतको प्रवद्र्धन निर्देशनालयले लामो सोधपुछ गरेको छ। पनामा पेपर्समा मुछिएपछि ऐश्वर्यासँग कम्पनी र बैंक खाताका विषयमा सोधपुछ गरिएको हो।

National life

सन् २०१६ मा ऐश्वर्यासँगै अमिताभ बच्चनको नाम पनि पनामा पेपर्समा आएको थियो, जसमा भारतसहित संसारभरका धनाढ्यहरुको ‘कर फ्रि’ देशमा राखिएको सम्पत्तिको जानकारी दिइएको थियो। ‘द इन्डियन एक्सप्रेस’ अखबारको रिपोर्ट अनुसार ऐश्वर्यामाथि ब्रिटिस भर्जिन आइल्यान्डमा एमिर पार्टनर्स नामको कम्पनी खोलेको आरोप थियो। यसबाहेक आफ्ना श्रीमान् अभिषेक बच्चनको विदेशमा रहेको बैंक खातामा बढीभन्दा बढी पैसा जम्मा गरेको आरोप पनि थियो उनलाई। यसैलाइं मध्यनजर गर्दै भारतको प्रवद्र्धन निर्देशनालयले मुद्दा दायर गरेको हो। यस विषयमा बोल्न दुईपटक छुट मागेकी ऐश्वर्या तेस्रोपटक सोधपुछमा सहभागी भएकी हुन्। 

निर्देशनालयका पदाधिकारीले ऐश्वर्यासँग ५० हजार डलरमा खरिद गरेको कम्पनी किन १ हजार ५ सय डलरमा बेच्नु पर्यो भनेर प्रश्न गरेको भारतीय सञ्चारमाध्यम दैनिक भास्करमा उल्लेख छ। उनलाई निर्देशनालयले अमिताभ बच्चनकी बुहारी भएपछि किन कम्पनी बन्द गर्नुपर्यो भन्ने प्रश्न पनि गरेको समाचारमा उल्लेख छ। सोमबार निर्देशनालयका पदाधिकारीले दिल्लीको लोकनायक भवनमा ऐश्वर्यासँग सोधपुछ गरेका थिए। 

यसअघि कोको मुछिएका थिए ?

पनामा पेपर्सले झैं इन्टरनेसनल कन्सोर्टियम अफ इन्भेस्टिगेटिभ जर्नालिस्ट्स (आईसीआईजे)ले पनि संसारभरका प्रख्यात पत्रकारहरु मिलेर २०२१ मा जाँच गरी प्रकाशित गरेको हो। भारतीय पत्रकार पी वैद्यनाथन अय्यर र जय मजूमदार जाँच समितिका सदस्य थिए। १ करोड १० लाख भन्दा ज्यादा फाइलमध्ये भारतसँग जोडिएका ३६ हजार ९ सय ५७ फाइलको जाँच दुबैले गरेका थिए। 

Laxmi sunrise bank
kumari

विभिन्न देशका १४२ राजनीतिज्ञ पनामा पेपर्समा मुछिएका थिए, त्यसमध्ये १२ जना राष्ट्रिय नेताहरु थिए। रसियाका शक्तिशाली राष्ट्रपति भ्ल्यादिमिर पुटिन, पाकिस्तानका प्रधानमन्त्री नवाज सरिफ, युक्रेनका राष्ट्रपति पेत्रो पोरोशेन्को, आइसल्याण्डका प्रधानमन्त्री सिग्मंदुर डेभिड गुनलौग्सन, इजिप्टका पूर्वराष्ट्रपति होस्नी मुबारकका छोरा अला मुबारक र ब्रिटिस प्रधानमन्त्री डेभिड क्यामरुनका बुबाको नाम पनि मुछिएको थियो।

कर छली तथा अनधिकृत रुपमा कमाएको सम्पत्तिलाई राख्न विभिन्न नामको फर्जी कम्पनी खोलेर बैंक कारोबार गरिन्छ। भारतमा मात्रै ५०० राजनीतिज्ञ, उद्योगपति तथा फिल्म स्टार्सहरुको नाम पनामा पेपर्समा समेटिएको इन्डियन एक्सप्रेसले जनाएको थियो। अहिलेसम्म सार्वजनिक भएका भारतीय नाममा ऐश्वर्या राय, अमिताभ बच्चन, अजय देवगन, विनोद अदाणी, शिशिर बजौरिया, गडवारे परिवार, अपोलो ग्रुपका अध्यक्ष ओंकार कंवर, वकिल हरीश साल्वे, टैफेका अध्यक्ष मल्लिका श्रीनिवासन, उद्योगपति समिर गेलौट र केपी सिंह परिवारका नाम छन्। 

संसारका विभिन्न ७८ मुलकका पत्रकारहरुले धेरै लामो अनुसन्धान गरेर ती कागजातमा नाम समेटिएका विभिन्न व्यक्ति उनीहरुसँग संलग्न कम्पनीको कारोबारको फेरहिस्त सार्वजनिक गर्दै आएको थियो। यसै क्रममा सन् २०१६ मा पनामा ल फर्मको १ करोड १५ लाख ट्याक्स सम्बन्धी दस्तावेज लिक भएका थिए। जहाँ भारतका मात्रै ५ सय भन्दा धेरैको नाम जोडिएको थियो। जसमा कर विभागले कारवाही अघि बढाउन सूचना पनि पठाएको छ। 

प्रकाशित: Dec 21, 2021| 16:55 मंगलबार, पुस ६, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।