सोमबार, भदौ २९, २०८३

प्रदेश १ मा मानव अधिकार उल्लंघनका ९४२ घटना

प्रदेश १ मा मानव अधिकार उल्लंघन तथा ज्यादतीका ९४२ वटा घटना भएको इन्सेकले अभिलेख गरेको छ।
 |  मंगलबार, पुस ६, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, पुस ६, २०७८

विराटनगर‒ प्रदेश १ मा मानव अधिकार उल्लंघन तथा ज्यादतीका ९४२ वटा घटना भएको इन्सेकले अभिलेख गरेको छ।

१४ जिल्लाका प्रतिनिधिहरुले मंगलबार विराटनगरमा सन् २०२१ को जनवरीदेखि डिसेम्वर १५ सम्मका मानव अधिकार उल्लंघन तथा ज्यादतीका घटनाहरु अभिलेख गरेको बताएका छन्।

इन्सेकका प्रतिनिधिहरुका अनुसार पाँचथरमा २९, धनकुटामा ५७, सोलुखुम्वुमा ५५, संखुवासभामा ६१, तेहृथुममा १९, ताप्लेजुङमा २३, भोजपुरमा ८३, खोटाङमा ५४, सुनसरीमा १५०, मोरङमा ८०, उदयपुरमा ६९, झापामा १७२, इलाममा ३९ र ओखलढुङ्गामा ५१ वटा मानव अधिकार उल्लंघन तथा ज्यादतीका घटनाहरु अभिलेख गरिएको बताएका छन्। 

जिल्ला प्रतिनिधिहरुले जिल्लामा मानव अधिकारको अवस्था खस्कदो रहेको बताएका छन्। विगत वर्षहरुको तुलनामा सन् २०२१ म घटनाहरु बढी भएको सोलुखुम्वुका भोजराज कार्कीले बताए। सुनसरीका जयकृष्ण यादवले बलात्कारका घटनामा उल्लेख्य बृद्धि भएको बताए। एक वर्षको अवधिमा १७२ वटा घटना अभिलेख गर्दा ८० वटा बलात्कारका घटना भएको उनले बताए। 

जिल्ला प्रतिनिधिहरुले बलात्कार, परिवारजनबाट हत्या, बाल विवाह, घरेलुहिंसाका घटनाहरुमा बृद्धि भएको बताएका छन् ।

अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेकका प्रदेश १ प्रमुख सोमराज थापाले मानव अधिकार उल्लंघन तथा ज्यादतीका घटनाहरुमा बृद्धि हुनु राम्रो नभएको बताए। उनले अझै पनि मानव अधिकारको अवस्थामा सुधार हुन नसक्नु दुखत भएको बताए। उनले अझै पनि नागरिक राज्य पक्षबाट पनि पीडित हुनु परिरहेको बताए। 

प्रकाशित: Dec 21, 2021| 16:00 मंगलबार, पुस ६, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।