काठमाडौं– चितवनको माडीस्थित बाँदरझुलावासी र सरकारबीच तीन बुँदे सहमति भएको छ।
मंगलबार चितवन क्षेत्र नम्बर ३ का सांसदसमेत रहेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निवास खुमलटारमा बाँदरझुला संघर्ष समिति र सरकारबीच छलफल भएको थियो। छलफलमा भूमि व्यवस्था तथा सहकारी मन्त्री शशी श्रेष्ठ, भूमि आयोगका उपाध्यक्ष नहेन्द्र खड्का, माडी नगरपालिकाका मेयर ठाकुर ढकाल पनि सहभागी थिए।
सोही छलफलपछि सरकार बाँदरझुलावासीको समस्या सम्बोधन गर्ने सहमत भएको हो। सहमतिसँगै बाँदरझुलावासीले जारी आन्दोलन स्थगित गर्ने भएका छन्।