शुक्रबार, चैत ६, २०८२

पुस १३ देखि बालबालिकालाई फाइजर खोप लगाइँदै

सरकारले १२ देखि १७ वर्ष उमेरका बालबालिकालाई कोभिडविरुद्धको फाइजर खोप लगाउने मिति सार्वजनिक गरेको छ। यही १३ पुसदेखि ८ वटा जिल्लामा खोप लगाउने तयारी गरेको हो।
 |  मंगलबार, पुस ६, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, पुस ६, २०७८

काठमाडौं– सरकारले १२ देखि १७ वर्ष उमेरका बालबालिकालाई कोभिडविरुद्धको फाइजर खोप लगाउने मिति सार्वजनिक गरेको छ। यही १३ पुसदेखि ८ वटा जिल्लामा खोप लगाउने तयारी गरेको हो। 

National life

यसअघि फाइजर लगाएका २० वटा जिल्ला अन्तर्गत सुरुमा ८ वटा जिल्लामा खोप लगाउनका लागि सरकारले तयारी गरेको हो। २० जिल्लामध्ये १२ जिल्लामा भने केही पछि खोप दिइने स्वास्थ्य सेवा विभागले जनाएको छ। 

नेपालमा खोप आइपुग्न केही समय ढिला हुने भएकाले तालिकामा पनि परिवर्तन हुने भएको हो। स्वास्थ्य सेवा विभाग खोप शाखा प्रमुख सागर दाहालले यसअघि १३ पुसबाट हुने भनिएको फाइजर खोप सञ्चालन सम्वन्धी तालिका केही पछि सर्ने बताए। 

विभागका अनुसार बालबालिकाहरुलाई लगाउनका लागि डिसेम्बर २४ मा  ६ लाख २० हजार डोज फाइजर खोप आउने भनिए पनि तालिका केही दिन पछाडि सरेको जनाएको हो। सरकारले यसअघि प्रदेश नम्बर १ को झापा, मोरङ, सुनसरी, प्रदेश नम्बर २ को सप्तरी, धनुषा, पर्सा, बागमती प्रदेशको काठमाडौँ, ललितपुर, भक्तपुर, काभ्रे, चितवन र सिन्धुली, गण्डकी प्रदेशको कास्की र बाग्लुङ लुम्बिनी प्रदेशको रुपन्देही, बाँके र दाङ कर्णाली प्रदेशको सुर्खेत र सुदुरपश्चिम प्रदेशको डडेल्धुरा र कैलाली जिल्लामा बालबालिकाका लागि फाइजर खोप अभियान सञ्चालन गरेको थियो। यसबाहेकका ५७ जिल्लामा भने अर्को अमेरिकी खोप मोडेर्नाको पहिलो डोज चलिरहेको छ।

प्रकाशित: Dec 21, 2021| 14:30 मंगलबार, पुस ६, २०७८
प्रतिक्रिया दिनुहोस्