बिहीबार, असोज २९, २०८३

बेलायतमा नेपाली एथलेटिक्सको दौड

नेपाल बाहिर दर्ता भएको नेपाली एथलेटिक्स क्लब 'नेपाल रन' को संयोजन तथा पोखरा अन्तर्राष्ट्रिय म्याराथनलाई प्रवर्द्धन गर्दै आएको पोखरेली मञ्चको आयोजनामा नेपाली नयाँ वर्ष २०७९ (१६ एप्रिल २०२२) का अवसरमा दौड हुन लागेको हो।
 |  मंगलबार, पुस ६, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, पुस ६, २०७८

काठमाडौं- शारीरिक तन्दुरुस्ती तथा दौडलाई प्रोत्साहन गर्ने उद्देश्यले बेलायतमा दौड प्रतियोगिता हुने भएको छ। 

नेपाल बाहिर दर्ता भएको नेपाली एथलेटिक्स क्लब 'नेपाल रन' को संयोजन तथा पोखरा अन्तर्राष्ट्रिय म्याराथनलाई प्रवर्द्धन गर्दै आएको पोखरेली मञ्चको आयोजनामा नेपाली नयाँ वर्ष २०७९ (१६ एप्रिल २०२२) का अवसरमा दौड हुन लागेको हो।

बेलायत लगायत विश्वभर दौडलाई खेलकुदको माध्यमको रूपमा मात्र नभएर शारीरिक तन्दुरुस्ती र समाजसेवाको माध्यमको रूपमा हेर्ने गरिएको छ।  प्रविधिसँग़ै बढ्दो निष्क्रिय जीवन शैलीलाई शारीरिक तन्दुरुस्तका माध्यमबाट समुदायलाई स्वस्थ राख्ने उद्देश्यले दौड संस्कृति प्रवर्द्धनमा लागेको र यस कार्यक्रमबाट समुदायमा  शारीरिक तन्दुरुस्तबारे  चेतना फैलाउने उद्देश्य रहेको नेपाल रन क्लबका संयोजक  एवं धरान रन तथा नेवा च्यारिटीका  संस्थापक संतोस राईले बताए।

कार्यक्रम मार्फत जुटेको सहयोग राशीले पोखरा र धरानमा हरेक वर्ष आयोजना हुने पोखरा अन्तर्राष्ट्रिय म्याराथन र धरान रनलाई सहयोग गरिने पोखरेली मञ्च युकेका अध्यक्ष मनप्रसाद गुरुङले बताए। 

बेजिङ्स्टकमा आयोजना हुने उक्त कार्यक्रममा  स्थानीय बेजिङ्गस्टक नेपाली समाजका अध्यक्ष ओम गुरुङ  र बेजिङ्गस्टक तमु समाजका संयोजक दुर्गा गुरुङले स्थानीय समुदायले भरपुर सहयोग गर्ने जानकारी दिए।

आगामी अप्रिलमा हुने उक्त कार्यक्रममा पोखरेली मञ्चले गैरआवासिय नेपाली संघकी निवर्तमान अध्यक्ष पुनम गुरुङलाई संयोजक तोकेको छ भने मिस नेपाल युके टेनिसा रानालाई कार्यक्रमको सहसंयोजकको जिम्मेवारी दिएको छ। कार्यक्रमको प्राविधिक पक्षको संयोजन नेपाल रनले गर्ने बताइएको छ।

कार्यक्रमले नेपाली समुदायको गरिमा बढाउने, देशको बहुआयामिक क्षेत्रको प्रवर्द्धन गर्ने, समाज सेवा लगायत नयाँ  पुस्तालाई पनि सकारात्मक सन्देश दिने साथै बहुआयामिक रुपमा उपयोगी हुने भएकोले बेलायतस्थित  नेपाली समुदाय, नेपाललाई माया गर्ने बेलायती समुदाय, बेलायतस्थित संघसंस्थालाई सहभागिता र सहयोगको अपेक्षा राखिएको संयोजक पुनम गुरुङले जानकारी दिइन्। 

प्रकाशित: Dec 21, 2021| 09:25 मंगलबार, पुस ६, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

सांसद अरुण चौधरीको नाम मतदाता नामावलीमा चढाउन निवेदन

राष्ट्रपतिको निर्वाचन कार्यतालिकाअनुसार मतदाताको नामावलीमा दाबी विरोध गर्न तोकिएको अन्तिम दिन बिहीबार मध्याह्नसम्म ५ वटा निवेदन परेका छन्।

राष्ट्रपति निर्वाचनलाई ८८१ मतदाताको नामावली सार्वजनिक

संघीय संसद्का ३३१ र प्रदेशसभाका ५५० जनाको नाम समावेश गरेर आयोगले ८८१ मतदाताको नाम सार्वजनिक गरेको हो।

८८१ मतदाताले चुन्नेछन् नयाँ राष्ट्रपति

प्रतिनिधिसभा सदस्य २७५, राष्ट्रिय सभा सदस्य ५९ र प्रदेशसभा सदस्य ५५० गरी राष्ट्रपति निर्वाचनमा ८८४ जनाले मतदान गर्ने भएका हुन्।

राष्ट्रपति–उपराष्ट्रपतिको निर्वाचन गर्न निर्वाचन अधिकृतको कार्यालय खुल्यो

निर्वाचन आयोगले आगामी २५ फागुनको राष्ट्रपति निर्वाचन र ३ चैतमा हुने उपराष्ट्रपति निर्वाचनका लागि संघीय संसद् भवन रहेको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र परिसरमा कार्यालय स्थापना गरेको...

चितवन २ को उपनिर्वाचनका लागि दल दर्ता आह्वान

आयोगले प्रतिनिधिसभाका निवर्तमान सांसद रवि लामिछानेको सांसद पद सर्वोच्च अदालतले खारेज गरेपछि रिक्त चितवन २ मा १० वैशाखमा हुने भनिएको उपनिर्वाचनका दल दर्ता गर्न आह्वान...