ललितपुर- ललितपुरको महालक्ष्मी नगरपालिका र धनकुटाको महालक्ष्मी नगरपालिकाबीच भगिनी सम्बन्ध विस्तारबारे छलफल भएको छ।
महालक्ष्मी नगरपालिका ललितपुरका मेयर रामेश्वर श्रेष्ठ र महालक्ष्मी नगरपालिका धनकुटाका मेयर पर्शुराम नेपालबीच भगिनी सम्बन्ध विस्तारबारे सैद्धान्तिक सहमति भएको हो।
दुवै नगरपालिकाले कार्यपालिका बैठकबाट सम्बन्ध विस्तारबारे निर्णय गरेपछि द्विपक्षीय सम्झौता गर्ने कार्यक्रम तय हुनेछ।
दुवै नगरपालिकाको पहिलोपटक भगिनी सम्बन्ध विस्तारका लागि छलफल प्रारम्भ गरेका हुन्। श्रेष्ठ र नेपालले सम्बन्ध विस्तारपछि एक अर्कामा भएका असल अभ्यास, प्रविधि तथा विभिन्न कार्यक्रम आदान प्रदान गर्ने बताए।