मंगलबार, भदौ २, २०८३

२१ महिने बालिका हत्या आरोपमा दम्पती पक्राउ

रंगेली २ का चन्द्र उराउकी २१ महिनाकी छोरी युनिसाको हत्या आरोपमा सोही स्थानका नातामा फुपु फुपाजु पर्ने ४६ वर्षीय सैनी उराउ र उनकी श्रीमती ३५ बर्षीया संगिता उराउलाई पक्राउ आइतबार गरिएको मोरङ प्रहरीका प्रवक्ता डिएसपी दिपक श्रेष्ठले जानकारी दिए।
 |  मंगलबार, पुस ६, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, पुस ६, २०७८

विराटनगर- मोरङको रंगली २ नहर टोलकी बालिका हत्या आरोपमा एक दम्पतीलाई  प्रहरीले पक्राउ गरेको छ।

रंगेली २ का चन्द्र उराउकी २१ महिनाकी छोरी युनिसाको हत्या आरोपमा सोही स्थानका नातामा फुपु फुपाजु पर्ने ४६ वर्षीय सैनी उराउ र उनकी श्रीमती ३५ बर्षीया संगिता उराउलाई पक्राउ आइतबार गरिएको मोरङ प्रहरीका प्रवक्ता डिएसपी दिपक श्रेष्ठले जानकारी दिए।

उनका अनुसार जिल्ला अदालतबाट कर्तब्य ज्यान कसूरमा सोमबार ५ दिन म्याद थप गरी थप अनुसन्धान भईरहेको छ।  हत्याको कारण खुली नसकेको उनले बताए। 

गत मंसिर २६ गते बालिका घरबाटै बेपत्ता भएकी थिईन। उनको मंसिर २८ गते घर पछाडि पैनीमा गाडेको अवस्थामा शव फेला परेको थियो।

प्रकाशित: Dec 21, 2021| 08:10 मंगलबार, पुस ६, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।