आइतबार, जेठ १७, २०८३

सांसद विकास कोषलाई निरन्तरता दिने प्रदेश सरकारको निर्णय

प्रदेश निर्वाचन क्षेत्र विकास कार्यक्रम(सञ्चालन नियमावली) पारित भएसगै प्रत्यक्ष निर्वाचित प्रदेश सभा सांसदले आफ्नो निर्वाचन क्षेत्रमा १ करोड र समानुपातिक प्रदेश सांसदले ५० लाख खर्च गर्न पाउने कानूनी बाटो खुल्ने छ।
 |  मंगलबार, पुस ६, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, पुस ६, २०७८

विराटनगर- प्रदेश १ सरकारले सांसद विकास कोषलाई निरन्तरता दिने निर्णय गरेको छ। सोमबार साँझ बसेको मन्त्रीपरिषद्को बैठकले निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रम सांसद विकास कोष लाई निरन्तरता दिने निर्णय गरेको हो। 

National life

प्रदेश निर्वाचन क्षेत्र विकास कार्यक्रम(सञ्चालन नियमावली) पारित भएसगै प्रत्यक्ष निर्वाचित प्रदेश सभा सांसदले आफ्नो निर्वाचन क्षेत्रमा १ करोड र समानुपातिक प्रदेश सांसदले ५० लाख खर्च गर्न पाउने कानूनी बाटो खुल्ने छ।

तत्कालिन मुख्यमन्त्री शेरधन राई नेतृत्वको सरकारले प्रदेश निर्वाचन क्षेत्र विकास कार्यक्रम रद्ध गरेको थियो। पाँच दलिय गठबन्धन सरकारले शेरधन राईको नेतृत्वको सरकारले गरेको निर्णय उल्टाउदै सांसद विकास कोषलाई निरन्तरता दिने निर्णय गरेको हो।

आर्थिक मामिला तथा योजना मन्त्री इन्द्रबहादुर आङ्बोले स्थानीय तहमा सिधै निर्वाचन क्षेत्र विकास कार्यक्रमको पैसा खर्च गर्ने गरी अख्तियारी प्रदान गरिने निर्णय भएको बताए। यसअघि निर्वाचन क्षेत्र विकास कार्यक्रमको रकम मन्त्रालयबाट खर्च हुने व्यवस्था रहेको थियो।

प्रदेश सरकारले गएको आर्थिक बर्ष ०७७/०७८ मा निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रमका लागि प्रति निर्वाचन क्षेत्र २ करोड रुपैयाँका दरले बजेट विनियोजन गरेको थियो।

Shivam cement

प्रकाशित: Dec 21, 2021| 07:55 मंगलबार, पुस ६, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।