काठमाडौं- हाल देशमा न्यून चापीय प्रणालीको आंशिक प्रभाव छ। मंगलबार बिहान पहाडी भूभागमा आंशिक बदली रहेको छ।
दिउँसो उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातको पनि सम्भावना रहेको रहेको मोसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ।
राति प्रदेश १, बागमती तथा गण्डकीका उच्च पहाडी तथा हिमाली भूभागका एक-दुई स्थानमा हल्का हिमपातको पनि सम्भावना छ।
बुधबार पहाडी भेगमा आंशिक बदली रही प्रदेश १ का उच्च पहाडी तथा हिमाली भूभागका एक-दुई स्थानमा हल्का हिमपातको आंकलन गरिएको छ।