सोमबार, फागुन २५, २०८२

टर्कीमा अवैध मदिराविरुद्धको अभियान सुरु

टर्कीमा विषाक्त रक्सीका कारण थुप्रै व्यक्तिको मृत्यु भएपछि टर्की प्रहरीले अवैध र बुटलेग रक्सी विरुद्ध सोमबार नयाँ राष्ट्रव्यापी अभियान सुरु गरेको छ।
 |  मंगलबार, पुस ६, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, पुस ६, २०७८

इस्तानबुल- टर्कीमा विषाक्त रक्सीका कारण थुप्रै व्यक्तिको मृत्यु भएपछि टर्की प्रहरीले अवैध र बुटलेग रक्सी विरुद्ध सोमबार नयाँ राष्ट्रव्यापी अभियान सुरु गरेको छ।

National life

टर्की गृह मन्त्रालयले एक विज्ञप्ति  जारी गर्दै प्रहरीले ८१ प्रान्तहरूमा अवैध र बुटलेग रक्सी विरुद्ध "विष २" अपरेसन  सुरु गरेको छ। जुन गत हप्तादेखि जारी दोस्रो राष्ट्रव्यापी अभियान हो।

"पोइजन" र पोइजन २" अपरेसनमा १०० भन्दा बढी संदिग्धलाई पक्राउ गरिएको मन्त्रालयले जनाएको छ।

अवैध रक्सी सेवनबाट पछिल्लो १० दिनमा ४५ जनाको मृत्यु भएपछि बुटलेग मदिरा देशमा गम्भीर चिन्ताको विषय बनेको छ।

गत वर्ष अक्टोबरमा टर्कीका विभिन्न प्रान्तमा बुटलेग रक्सी सेवन गर्दा ४० जनाभन्दा बढीको मृत्यु भएको थियो भने ५० भन्दा बढीलाई अस्पतालमा भर्ना गरिएको थियो।

Laxmi sunrise bank
kumari

प्रकाशित: Dec 21, 2021| 00:00 मंगलबार, पुस ६, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।