मंगलबार, मंसिर ११, २०८१
  • गृहपृष्ठ
  • प्रदेश
  • माओवादी प्रदेश १ को नेतृत्वका लागि आकांक्षी बढेपछि मतदानको तयारी

Siddartha premir insuranceSiddartha premir insurance

माओवादी प्रदेश १ को नेतृत्वका लागि आकांक्षी बढेपछि मतदानको तयारी

प्रदेश अध्यक्षमा पाँचथरका हर्कबहादुर नेम्वाङ, सुनसरीका शिवकुमार डाँगी, मुक्साहाङ मेन्याङ्बो, उदयपुरका मोहनकुमार खत्री, खोटाङका ध्रुवबहादुर बुढाथोकी, देवान किराँती, मोरङका हेमकुमार कार्की, झापाका मणिकुमार साम्पाङलगायतले दाबी गरेका छन्।
 |  सोमबार, पुस ५, २०७८
nespernesper

नेपाल समय

नेपाल समय

सोमबार, पुस ५, २०७८

विराटनगर‒ नेकपा माओवादी केन्द्र १ को नेतृत्वका लागि जिल्लै पिच्छेका नेताहरुले दावी गर्न थालेपछि मतदानको तयारी गरिएको छ। नेतृत्वमा सहमति नजुटेपछि मतदानमा जानेबारे छलफल अघि बढेको बताइएको छ।

triton college

प्रदेश अधिवेशन अघि अध्यक्षमा तीन जना आकांक्षी थिए। नेतृत्व चयनमा सहमति नजुटेपछि प्रदेश कमिटी सदस्य घोषणा गर्दै अधिवेशन सकिएको थियो। 

अधिवेशन अघिका अध्यक्षका आकांक्षी वर्तमान अध्यक्ष सुरेशकुमार राई, इन्द्रबहादुर आङ्बो र हेमराज भण्डारीवीच सहमति नजुटेपछि उनीहरु अध्यक्षको दौडबाट पछि हटेका छन्। प्रदेशको नेतृत्व र पदाधिकारी चयनमा जति ढिलो भईरहेको छ। उत्तिनै आकांक्षीहरु बढी रहेका छन्। अध्यक्ष लगायत ९ पदाधिकारीका आकांक्षी जिल्लैपिच्छेका नेताहरु आ‒आफ्नो दाबी गर्दै सामाजिक सञ्जालमा प्रचारमा देखिएका छन्। 

प्रदेश अध्यक्षमा पाँचथरका हर्कबहादुर नेम्वाङ, सुनसरीका शिवकुमार डाँगी, मुक्साहाङ मेन्याङ्बो, उदयपुरका मोहनकुमार खत्री, खोटाङका ध्रुवबहादुर बुढाथोकी, देवान किराँती, मोरङका हेमकुमार कार्की, झापाका मणिकुमार साम्पाङलगायतले दाबी गरेका छन्। 

महिला उपाध्यक्षमा संखुवासभाकी इन्दिरा मिश्र, झापाकी सरु न्यौपाने, मोरङकी विनिता घिमिरे, धनकुटाकी धनकुमारी विक लगायतले दाबी गरेका छन्। समावेशी उपाध्यक्षमा मोरङका भोगेन्द्र यादव, झापाका पूर्णसिं राजवंशीलगायतले दाबी गरेका छन्। 

Metro Mart
vianet

खुला उपाध्यक्षमा भने सुनसरीको भोला बस्नेतले दाबी गरेका छन्। सचिवमा मोरङका गणेश उप्रेती, झापाका सिपी कडरिया, सुनसरीका आइन्द्र विक्रम बेघा, धनकुटाका ऋषिराम ढुंगाना, ओखलढुंगाबाट मोहनकुमार खड्कालगायतले दाबी गरेका छन्। सहसचिवमा सोलुखुम्बुका ठमनाथ पराजुली, सुनसरीका भानु मैनाली र मोरङकी रचना राईले दाबी गरिरहेका छन्। कोषाध्यक्षमा सुनसरीका मदन चुँडाल, भोजपुरका भविन्द्र अधिकारीलगायतले दाबी गरेका छन्।

प्रदेश १ माओवादी केन्द्रको प्रदेश समितिको दोस्रो बैठक आगामी पुस ७ गते बस्दैछ। प्रदेशको पहिलो अधिवेशनबाट निर्वाचित समितिको उक्त बैठकले पदाधिकारी चयन गर्ने भनिए पनि अहिलेसम्म सहमतिको कुनै सम्भावना देखिएको छैन।

यसअघि बसेको पहिलो बैठकले पदाधिकारी चयनका लागि भन्दै ५ सदस्यीय कार्यदल गठन गरेको थियो। कार्यदलको सोमबार बसेको बैठकमा पनि कुनै सहमति नजुटेपछि प्रदेश १ मा कार्यक्षेत्र भएका केन्द्रीय सदस्यहरुको बैठक मंगलबारका लागि बोलाइएको छ। सो बैठकमा कार्यदलको निष्कर्ष सुनाउने र निर्वाचन प्रक्रियामा जानेबारे सहमति हुनसक्ने देखिएको कार्यदलका एक सदस्यले बताएका छन्।  पदाधिकारी छनोटसम्बन्धी सुझाव कार्यदलले सहमति जुटाउन नसकेपछि निर्वाचन प्रक्रियामै जानुपर्ने विषयमा प्रदेश सदस्यहरुले जोड दिएका छन्। 

माओवादी प्रदेश १ को पहिलो अधिवेशन गत मंसिर २५ र २६ गते मोरङको विराटचोकमा सम्पन्न भएको थियो। अधिवेशनमा पदाधिकारी चयन हुन नसकेपछि कार्यदलले टुंगो लगाउने गरी अधिवेशन अन्त्य गरिएको थियो।


प्रकाशित: Dec 20, 2021| 19:43 सोमबार, पुस ५, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।
प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 
प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 
बागमतीबाट पनि बाहिरियो राप्रपा

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।
म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।