मंगलबार, भदौ २, २०८३
  • गृहपृष्ठ
  • समाज
  • विद्यार्थीलाई लोकतन्त्र र निर्वाचनका कुरा सिकाइँदै

विद्यार्थीलाई लोकतन्त्र र निर्वाचनका कुरा सिकाइँदै

जिल्लास्थित विभिन्न विद्यालयमा पुगेर विद्यार्थीलाई लोकतन्त्र र निर्र्वाचनका विषय सिकाउन थालिएको हो। जिल्ला निर्वाचन कार्यालयले विद्यालयस्तरमा निर्वाचन शिक्षा कार्यक्रममार्फत विद्यार्थीलाई लोकतन्त्र र निर्वाचन प्रक्रियाबारे जानकारी गराउँदै हिडेको छ।
 |  सोमबार, पुस ५, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, पुस ५, २०७८

रुकुम पूर्व- रुकुम (पूर्व)मा विद्यार्थीलाई लोकतन्त्र र निर्वाचनका कुरा सिकाउन थालिएको छ। जिल्लास्थित विभिन्न विद्यालयमा पुगेर विद्यार्थीलाई लोकतन्त्र र निर्र्वाचनका विषय सिकाउन थालिएको हो। जिल्ला निर्वाचन कार्यालयले विद्यालयस्तरमा निर्वाचन शिक्षा कार्यक्रममार्फत विद्यार्थीलाई लोकतन्त्र र निर्वाचन प्रक्रियाबारे जानकारी गराउँदै हिडेको छ। 

जिल्लास्थित विभिन्न विद्यालयमा गएर कक्षा ९ र १० का विद्यार्थीलाई लोकतन्त्र र निर्वाचन प्रक्रियासँगै यसमा विद्यार्थीको भूमीका के हुन सक्छ भन्ने कुराको जानकारी गराउने उद्देश्यले विद्यालयस्तरमा निर्वाचन शिक्षा कार्यक्रम सञ्चालन गरिरहेको निर्वाचन अधिकारी तेजकुमार ओलीले जानकारी दिए। प्रत्येक वर्ष यो कार्यक्रम सञ्चालन भइरहेको हुन्छ। प्रत्येक वर्ष फरकफरक विद्यालयमा निर्वाचन शिक्षा कार्यक्रम सञ्चालन हुँदै आएको छ।

'गएको वर्षमा निर्वाचन शिक्षा कार्यक्रम सञ्चालन गरेको विद्यालयमा यस वर्ष कार्यक्रम गर्दैनौं,' निर्वाचन अधिकारी ओलीले भने, 'यस वर्ष कार्यक्रम सञ्चालनको लागि नयाँ छ वटा विद्यालय छनोटमा परेका छन्।' 

जसमा हालसम्म तीन विद्यालयमा निर्वाचन शिक्षा कार्यक्रम सञ्चालन गरिसकेको उनको भनाइ छ। निर्वाचन अधिकारी ओलीका अनुसार अहिलेसम्म भूमे गाउँपालिका–६ मा रहेको जनजागृती मावि महत, पुथाउत्तरगङ्गा गाउँपालिकाको महेन्द्र मावि तकसेरा र भूमे गाउँपालिकाको जनशक्ति मावि काडाँमा निर्वाचन शिक्षा कार्यक्रम सञ्चालन गरिएको छ।

यस्तै पुथाउत्तरगङ्गा गाउँपालिकाको जनसहयोग मावि राबाङचौर, सिस्ने गाउँपालिकाको मावि नायगाड र मावि लम्पाकोटमा निर्वाचन शिक्षा कार्यक्रम सञ्चालन गर्न बाँकी रहेको छ। यी बाँकी रहेका विद्यालयमा पनि छिटै नै कार्यक्रम सञ्चालन गरिने निर्वाचन अधिकारी ओलीको भनाइ छ।

प्रकाशित: Dec 20, 2021| 20:20 सोमबार, पुस ५, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।