मंगलबार, भदौ २, २०८३

बारको आन्दोलनका कारण इजलास दैनिक दुई घण्टा प्रभावित

सर्वोच्च अदालतमा करिब ढेड महिना सर्वोच्च अदालतका न्यायाधीश र बार दुवैको आन्दोलनले सुनुवाइ प्रभावित भएको थियो। गत मंसिर १५ गतेदेखि गोला प्रक्रियाबाट पेसी तोकिएपछि सर्वोच्च अदालतका न्यायाधीश काममा फर्किए पनि बारको आन्दोलन नरोकिँदा मुद्दाको सुनुवाइमा प्रभाव परेको छ।
 |  सोमबार, पुस ५, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, पुस ५, २०७८

काठमाडौं- नेपाल बार एसोसिएनको करिब दुई महिना लामो आन्दोलनका कारण सर्वोच्च अदालतमा मुद्दाको सुनुवाइ प्रभावित भएको छ। सर्वोच्च अदालतमा करिब ढेड महिना सर्वोच्च अदालतका न्यायाधीश र बार दुवैको आन्दोलनले सुनुवाइ प्रभावित भएको थियो। गत मंसिर १५ गतेदेखि गोला प्रक्रियाबाट पेसी तोकिएपछि सर्वोच्च अदालतका न्यायाधीश काममा फर्किए पनि बारको आन्दोलन नरोकिँदा मुद्दाको सुनुवाइमा प्रभाव परेको छ।

सर्वोच्च अदालतका सहप्रवक्ता देवेन्द्र ढकालका अनुसार कानून व्यवसायीको आन्दोलनका कारण १० बजेदेखि १२ बजेसम्मको कानून व्यवसायी इजलासमा नपुग्दा सुनुवाइ प्रभावित भएको छ।

सर्वोच्च अदालतमा गत कात्तिक ७ गते आइतबार मध्याह्नदेखि प्रधानन्यायाधीशमाथि मन्त्रिमण्डल विस्तारमा भाग खोजेको भन्ने आरोपका कारण न्यायालयमा प्रश्न उठेको र उक्त प्रश्नको जवाफका साथै सर्वोच्च अदालतका न्यायाधीश हरिकृष्ण कार्कीको प्रतिवेदन कार्यान्वयन गर्नुपर्नेलगायतका माग राख्दै न्यायाधीशले सुनुवाइ गर्न इन्कार गरेका थिए। बन्दी र निवेदनका मुद्दाबाहेक अरु मुद्दामा सुनुवाइ हुन सकेको थिएन।

गत मंसिर १९ गतेदेखि सर्वोच्च अदालतका न्यायाधीश पूर्णरूपमा इजलासमा बसेर सुनुवाइ गर्नुभयो तर कानून व्यवसायीको आन्दोलनका कारण पूर्णसुनुवाइमा प्रभाव परेको छ। न्यायालय सुदृढीकरणको आन्दोलनमा लागेको बारको मागअनुसार गोलाप्रक्रियाबाट पेसी व्यवस्थापन प्रारम्भ भए पनि बारले पूर्णरूपमा आन्दोलन रोकेको छैन। 

प्रकाशित: Dec 20, 2021| 19:15 सोमबार, पुस ५, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।