मंगलबार, भदौ २, २०८३
  • गृहपृष्ठ
  • समाज
  • भारतको पुणेमा सुरु भएको बिमस्टेक सैन्य अभ्यासमा नेपाल पनि सहभागी

भारतको पुणेमा सुरु भएको बिमस्टेक सैन्य अभ्यासमा नेपाल पनि सहभागी

क्षेत्रीय संगठन बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिमस्टेक) सदस्य मुलुकबीच मानवीय सहायता तथा विपद् राहतसम्बन्धी बहुद्देश्यीय सैन्य अभ्यास भारतको पूणेमा सुरु भएको छ।
 |  सोमबार, पुस ५, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, पुस ५, २०७८

काठमाडौं-  क्षेत्रीय संगठन बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिमस्टेक) सदस्य मुलुकबीच मानवीय सहायता तथा विपद् राहतसम्बन्धी बहुद्देश्यीय सैन्य अभ्यास भारतको पूणेमा सुरु भएको छ। सोमबारदेखि सुरु भएको सैन्य अभ्यासमा नेपाल पनि सहभागी भएको छ। 

भारतका सेनाध्यक्ष मनोज मुकुन्द नरवणेले उद्घाटन गरेको ‘प्यानेक्स–२१’ नामक सैन्य अभ्यासमा बिमस्टेक सदस्य मुलुकहरु नेपाल, भारत, बंगलादेश, भुटान, म्यानमार, श्रीलंका र थाइल्याण्डका सैनिक तथा विज्ञ प्रतिनिधी सहभागी छन्। 

प्राकृतिक विपत्तिको सामना गर्न बिमस्टेक सदस्य मुलुकबीच संयुक्त संयन्त्र निर्माण गर्ने उद्देश्यले तीन दिने सैन्य अभ्यास सुरु भएको हो। 

भारतीय रक्षामन्त्री राजनाथ सिंहले मंगलबार यो अभ्यासलाई अवलोकन गर्ने कार्यक्रम रहेको छ। 

प्रकाशित: Dec 20, 2021| 18:58 सोमबार, पुस ५, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।