शुक्रबार, चैत ६, २०८२

प्रधानमन्त्रीले मुख्यमन्त्रीहरुलाई भने– घरघरमै गएर भएपनि कोभिड खोप लगाउनु

प्रधानमन्त्री शेरबहादुर देउवाले कोरोना भाइरसविरुद्धको खोप अभियान घरदैलोसम्मै सञ्चालन गर्न मुख्यमन्त्रीहरुलाई आग्रह गरेका छन्।
 |  सोमबार, पुस ५, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, पुस ५, २०७८

काठमाडौं– प्रधानमन्त्री शेरबहादुर देउवाले कोरोना भाइरसविरुद्धको खोप अभियान घरदैलोसम्मै सञ्चालन गर्न मुख्यमन्त्रीहरुलाई आग्रह गरेका छन्।

National life

सोमबार प्रधानमन्त्री देउवाले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मुख्यमन्त्रीहरुसँग छलफल गर्दै लक्षित समूहलाई कोरोनाविरुद्धको खोपमा पहुँच पुर्याउनका लागि घरदैलो अभियान सञ्चालन गर्न मुख्यमन्त्रीहरुलाई आग्रह गरेका हुन्।

सरकार सबै नेपालीलाई खोप दिन तयार रहेको र खोपको अभाव नरहेको भन्दै प्रधानमन्त्री देउवाले खोप अभियान सञ्चालन गर्नुपर्नेमा जोड दिएको स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडाले जानकारी दिए। मन्त्री खतिवडाले पुस महिनाभित्रमै खोप लगाउनेहरुको प्रतिशतमा वृद्धि हुने विश्वास पनि व्यक्त गरे।

उनले भने, ‘हाम्रो आह्वान भनेको सरकार सम्पूर्ण नेपालीलाई खोप दिन तयार छ। खोप हामीसँग छ, खोपको अभाव छैन, लगाइदिनुस्। घरदैलो अभियान चालेर भए पनि हामीले लक्षित समूह सबैलाई खोप लगाउने अभियानको रुपबाट सञ्चालन गर्नुपर्छ भनेर प्रधानमन्त्रीले आह्वान गर्नुभयो।’

खोप केन्द्रहरुलाई वृद्धि गर्नुपर्ने र तीनै तहको सरकारका साथै जिल्ला प्रशासन कार्यालय, जिल्ला जनस्वास्थ्य कार्यालय, विभिन्न संघसंस्था, क्लबहरुको समेत सहयोग लिएर कोरोनाविरुद्धको अभियानमा लाग्नुपर्नेमा छलफलमा जोड दिइएको पनि मन्त्री खतिवडाले बताए। उनले हाल १२ वर्षदेखि १७ वर्ष उमेर समूहका विद्यार्थीहरुलाई खोप लगाइरहेकोमा गैरविद्यार्थीहरुले पनि सम्बन्धित पालिका वा वडाको सिफारिसमा सम्बन्धित खोप केन्द्रमा गएर खोप लगाउन सकिने जानकारी दिए।

Laxmi sunrise bank
kumari

प्रकाशित: Dec 20, 2021| 22:10 सोमबार, पुस ५, २०७८
प्रतिक्रिया दिनुहोस्