काठमाडौं– शाश्वद आले मगरको पहिलो गीतको अफिसियल भिडियो सावैजनिक भएको छ। मगरकाे ‘जीवनको अर्थ’ बोलको गीतको भिडियो सार्वजनिक भएको हो।
गीतको शब्द लेखन शाश्वद र उज्वल राउतले गरेका हुन्। गीतमा संगीत राजु शाहको रहेको छ भने स्वर शाश्वदकै रहेको छ। भिडियोमा भने शाश्वदसहित सञ्जिता पाण्डे र बाल कलाकार सारा आले मगरले अभिनय गरेका छन्। भिडियो म्युजिक नेपालले आफ्नो युट्युब च्यानबाट सार्वजनिक गरेको हो।