काठमाडौं- बानेश्वरको इन्द्रेणी कम्प्लेक्समा आगलागी भएको छ।
कम्प्लेक्समा रहेको जीम सेन्टरमा आगलागी भएको प्रहरी वृत्त, बानेश्वरका डीएसपी मीमबहादुर लामाले पुष्टि गरेका छन्।
उनका अनुसार आगो नियन्त्रणका लागि काठमाडौं महानगरपालिकाको दमकल पुगिसकेको छ।
आगो कसरी लाग्यो भन्ने खुलेको छैन। आगो नियन्त्रणमा लिइसकेपछि विस्तृत अनुसन्धान हुने डएसपी लामाले जानकारी दिए।