बिहीबार, असोज २९, २०८३

बलिउडले मानसिक स्वस्थता प्रदान गरिरहेको छ : धनुष

‘अतरङ्गी रे’ फिल्म रिलिजअघि पत्रकारसँगको कुराकानीमा दक्षिण भारतका कलाकार धनुषले भारतीय फिल्म उद्योगले मनोरञ्जनको क्षेत्रमा देशलाई स्वस्थ बनाएको बताएका छन्। मानिसमा मनोरञ्जन प्रदान गर्दै फिल्म क्षेत्रले मानसिक रुपमा स्वस्थता प्रदान गरेको उनको भनाइ थियो।
 |  सोमबार, पुस ५, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, पुस ५, २०७८

काठमाडौं- ‘अतरङ्गी रे’ फिल्म रिलिजअघि पत्रकारसँगको कुराकानीमा दक्षिण भारतका कलाकार धनुषले भारतीय फिल्म उद्योगले मनोरञ्जनको क्षेत्रमा देशलाई स्वस्थ बनाएको बताएका छन्। मानिसमा मनोरञ्जन प्रदान गर्दै फिल्म क्षेत्रले मानसिक रुपमा स्वस्थता प्रदान गरेको उनको भनाइ थियो।

समाचार एजेन्जी ‘प्रेस ट्रस्ट इन्डिया’ सँगको कुराकानीमा उनले आफू सधै दक्षिण र उत्तर भारतको फिल्मबीचको विभाजनका विरुद्धमा रहेको बताएका थिए।

दक्षिण भारतको फिल्म उद्योगमा ‘ब्रुस ली’ भनेर चिनिने धनुष अभिनेताका साथै फिल्म निर्माता र गायक पनि हुन्। ‘ह्वाइ दिस कोलाबरी डी’ बोलको गीत गाएर बलिउडमा उनले चर्चा कमाएका थिए। धनुषको ‘अतरंगी रे’ बलिउडको तेस्रो फिल्म हो। उनको यो फिल्म आउँदो २४ दिसेम्बरमा रिलिज हुने छ।

उनले पत्रकारहरूसँगको कुराकानीमा भारतीय फिल्म उद्योगमा आएको निरन्तरको परिवर्तनले सिंगो फिल्म उद्योग, कलाकार र सिर्जनशील व्यक्तिलाई फाइदा पुगाएको प्रतिक्रिया दिएका थिए। भारतीय फिल्मले अन्तर्राष्ट्रिय बजार सफलता पाउनुको कारण दक्षिण भारतका सुपरस्टार तथा उनका ससुरा रजनीकान्त र बाहुबली फिल्मका निर्देशक एसएस राजामौलीसमेत भएको उनी दाबी गर्छन्।

उनले भने, ‘पहिला रजनीकान्तले राष्ट्रिय हुँदै अन्तर्राष्ट्रिय स्तरका फिल्म बनाउनु भयो। उहाँले जापान, अमेरिका जस्ता देशका प्रशंसक कमाउनु भयो। त्यसपछि एसएस राजामौलीको ‘बाहुबली’ले थप सहयोग पुर्‍यायो। दुबैले ट्रेन्ड सेट गरे।’

दक्षिण भारतीय फिल्म उद्योगबाट आफ्नो करियर सुरु गरेका कलाकार धनुषले भने, ‘हाम्रो फिल्म उद्योगमा राम्रा काम भएका छन्। यसले दायरा फराकिलो पार्न सघाएको छ। आवश्यकता अनुसार ती फराकिला दायराको हामीले सदुपयोग गर्दै अगाडि बढ्न सक्नुपर्छ।’

अभिनयका लागि दुईपटक राष्ट्रिय पुरस्कार पाइसकेका धनुष अभिनित तमिल फिल्म अदुकलम, ३, मारी, असुरन र कर्नान दर्शकले अत्यधिक रुचाएका थिए। २०१३ मा फिल्म ‘राँझना’मार्फत उनले बलिउडमा डेब्यू गरेका हुन्। पहिलो फिल्मबाट नै धनुष चर्चाको शीखरमा पुगेका थिए। 

२०१५ मा आर बाल्कीको निर्देशनमा बनेको फिल्म ‘शमिताभ’मा अमिताभ बच्चनसँग काम गरेका थिए। ६ वर्षपछि निर्देशक आनन्द एल राइको फिल्म ‘अतरंगी रे’ मा बलिउड कलाकार अक्षय कुमार र सारा अली खानसँग काम गरेका छन्। - बीबीस

प्रकाशित: Dec 20, 2021| 13:03 सोमबार, पुस ५, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

यी नेपाली चलचित्रले पानी पनि भन्न पाएनन् २०७९ मा

वर्षको अन्त्यतिर सार्वजनिक गरिएका केही चलचित्रले न्यून दर्शक पाएका छन्। तिनीहरूको टिकट एक हजारसमेत बिक्री भएको छैन।

जो आमा बनेपछि पनि अभिनयमा जमिरहे

‘फ्यान फलोइङ’ घट्छ, बच्चा जन्मिएपछि काम पाइँदैन भन्ने बुझाइलाई केही सेलिब्रेटीले गलत सावित गरेका छन्।

चलचित्र कमाइको रिपोर्ट गलत दिएभन्दै भुवन केसीप्रति दीपक आक्रोशित

कलाकार दीपकराज गिरी चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीप्रति आक्रोशीत भएका छन्।