सोमबार, मंसिर १८, २०८०

बलिउडले मानसिक स्वस्थता प्रदान गरिरहेको छ : धनुष

‘अतरङ्गी रे’ फिल्म रिलिजअघि पत्रकारसँगको कुराकानीमा दक्षिण भारतका कलाकार धनुषले भारतीय फिल्म उद्योगले मनोरञ्जनको क्षेत्रमा देशलाई स्वस्थ बनाएको बताएका छन्। मानिसमा मनोरञ्जन प्रदान गर्दै फिल्म क्षेत्रले मानसिक रुपमा स्वस्थता प्रदान गरेको उनको भनाइ थियो।
 |  सोमबार, पुस ५, २०७८
averest bankaverest bank

नेपाल समय

नेपाल समय

सोमबार, पुस ५, २०७८

काठमाडौं- ‘अतरङ्गी रे’ फिल्म रिलिजअघि पत्रकारसँगको कुराकानीमा दक्षिण भारतका कलाकार धनुषले भारतीय फिल्म उद्योगले मनोरञ्जनको क्षेत्रमा देशलाई स्वस्थ बनाएको बताएका छन्। मानिसमा मनोरञ्जन प्रदान गर्दै फिल्म क्षेत्रले मानसिक रुपमा स्वस्थता प्रदान गरेको उनको भनाइ थियो।

sagarmatha cement

समाचार एजेन्जी ‘प्रेस ट्रस्ट इन्डिया’ सँगको कुराकानीमा उनले आफू सधै दक्षिण र उत्तर भारतको फिल्मबीचको विभाजनका विरुद्धमा रहेको बताएका थिए।

दक्षिण भारतको फिल्म उद्योगमा ‘ब्रुस ली’ भनेर चिनिने धनुष अभिनेताका साथै फिल्म निर्माता र गायक पनि हुन्। ‘ह्वाइ दिस कोलाबरी डी’ बोलको गीत गाएर बलिउडमा उनले चर्चा कमाएका थिए। धनुषको ‘अतरंगी रे’ बलिउडको तेस्रो फिल्म हो। उनको यो फिल्म आउँदो २४ दिसेम्बरमा रिलिज हुने छ।

उनले पत्रकारहरूसँगको कुराकानीमा भारतीय फिल्म उद्योगमा आएको निरन्तरको परिवर्तनले सिंगो फिल्म उद्योग, कलाकार र सिर्जनशील व्यक्तिलाई फाइदा पुगाएको प्रतिक्रिया दिएका थिए। भारतीय फिल्मले अन्तर्राष्ट्रिय बजार सफलता पाउनुको कारण दक्षिण भारतका सुपरस्टार तथा उनका ससुरा रजनीकान्त र बाहुबली फिल्मका निर्देशक एसएस राजामौलीसमेत भएको उनी दाबी गर्छन्।

उनले भने, ‘पहिला रजनीकान्तले राष्ट्रिय हुँदै अन्तर्राष्ट्रिय स्तरका फिल्म बनाउनु भयो। उहाँले जापान, अमेरिका जस्ता देशका प्रशंसक कमाउनु भयो। त्यसपछि एसएस राजामौलीको ‘बाहुबली’ले थप सहयोग पुर्‍यायो। दुबैले ट्रेन्ड सेट गरे।’

दक्षिण भारतीय फिल्म उद्योगबाट आफ्नो करियर सुरु गरेका कलाकार धनुषले भने, ‘हाम्रो फिल्म उद्योगमा राम्रा काम भएका छन्। यसले दायरा फराकिलो पार्न सघाएको छ। आवश्यकता अनुसार ती फराकिला दायराको हामीले सदुपयोग गर्दै अगाडि बढ्न सक्नुपर्छ।’

अभिनयका लागि दुईपटक राष्ट्रिय पुरस्कार पाइसकेका धनुष अभिनित तमिल फिल्म अदुकलम, ३, मारी, असुरन र कर्नान दर्शकले अत्यधिक रुचाएका थिए। २०१३ मा फिल्म ‘राँझना’मार्फत उनले बलिउडमा डेब्यू गरेका हुन्। पहिलो फिल्मबाट नै धनुष चर्चाको शीखरमा पुगेका थिए। 

२०१५ मा आर बाल्कीको निर्देशनमा बनेको फिल्म ‘शमिताभ’मा अमिताभ बच्चनसँग काम गरेका थिए। ६ वर्षपछि निर्देशक आनन्द एल राइको फिल्म ‘अतरंगी रे’ मा बलिउड कलाकार अक्षय कुमार र सारा अली खानसँग काम गरेका छन्। - बीबीस

प्रकाशित: Dec 20, 2021| 13:03 सोमबार, पुस ५, २०७८
nepali patronepali patro
प्रतिक्रिया दिनुहोस्

थप समाचार

वसन्त चौधरीको 'हृदयमा बलेको साहित्यको आगो'

वसन्त चौधरीको 'हृदयमा बलेको साहित्यको आगो'

हृदयमा कति आगो बलेको छ भन्ने कुरा हृदयमै चिहाएर हेर्न र बाहिरी ओठको मात्र नभएर भित्री खुसी खोजेर खबर सम्प्रेषण गर्न अर्थात् छाप्न पत्रकारहरूलाई नै...
पोखरामा चिनाइँदै जनकपुरको मिथिला संस्कृति

पोखरामा चिनाइँदै जनकपुरको मिथिला संस्कृति

जनकपुरको धार्मिक, ऐतिहासिक, पौराणिक मिथिला संस्कृतिलाई पोखरेलीसामु ल्याउन प्रदर्शनी गर्न लागिएको हो।
थिमिमा कुभिण्डे जात्रा मनाइयो

थिमिमा कुभिण्डे जात्रा मनाइयो

कुभिण्डे जात्रामा फूलपातीका दिन सिद्धिकाली मन्दिरबाट फूलपातील्याई तलेजू दसैंघरमा भित्र्यापछि नवमीका दिन राँगो र बोकाको टाउको बलि दिने परम्परा रहिआएको छ।
वरिष्ठ गायिका दिलमाया खातीको निधन

वरिष्ठ गायिका दिलमाया खातीको निधन

करिब डेढ सय बढी नेपाली गीत गाएकी उनको ८४ वर्षको उमेरमा गए राती निधन भएको हो।
६ दशकपछि सम्झिइएका टेकवीर मुखिया 

६ दशकपछि सम्झिइएका टेकवीर मुखिया 

जसले इन्द्रबहादुर राईदेखि भूपि शेरचन, लक्ष्मीप्रसाद देवकोटादेखि वीपी कोइराला र पारिजातसम्मका कृतिहरुको आवरण चित्र बनाएर अक्षरलाई कलाको माध्यमबाट मुखरित गरिदिए।