मंगलबार, भदौ २, २०८३

घर कुरुवा राखेर जाडो छल्न सहर झरे मनाङवासी

मनाङमा जाडो बढेपछि उनीहरू घर कुरुवालाई घर कुर्न राखेर जाडो छल्न तीन महिनाका लागि सहर झरेका हुन्। जाडो बढेपछि उनीहरू मात्रै होइन, चारवटा गाउँपालिका रहेको मनाङका अधिकांश स्थानीय तीन महिनाका लागि बेसी झरिसकेका छन्।
 |  सोमबार, पुस ५, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, पुस ५, २०७८

लमजुङ- मनाङ ङिस्याङ गाउँपालिका-८ की माया गुरुङ, छिरिङ ओङ्मा घले र सुनिता गुरुङ यस वर्षको जाडो छल्न सहर झरिसकेका छन्।

मनाङमा जाडो बढेपछि उनीहरू घर कुरुवालाई घर कुर्न राखेर जाडो छल्न तीन महिनाका लागि सहर झरेका हुन्। जाडो बढेपछि उनीहरू मात्रै होइन, चारवटा गाउँपालिका रहेको मनाङका अधिकांश स्थानीय तीन महिनाका लागि बेसी झरिसकेका छन्।

माथिल्लो मनाङमा धेरै जाडो हुन थालेपछि पुसदेखि फागुनसम्मका लागि सहर झर्ने मनाङीहरू यस वर्ष भने छिटै जाडो बढेकाले मंसिर अन्तिममै जाडो छल्न सहर झरेका हुन्। मनाङवासीको यो परम्परागत चलन रहेको नासों गाउँपालिकाका अध्यक्ष चन्द्र घले बताउँछन्। मनाङवासी अधिकांशको लमजुङको बेसीसहर, चितवन, पोखरा, काठमाडौलगायतका सहरमा घर छ। उनीहरू मनाङमा भएको घरलाई कुरुवाको जिम्मा लगाएर तल झर्ने गर्दछन्।

घर मालिकहरू तल झरेपछि घर कुरुवाहरू घरको सुरक्षा गरेर बस्ने मनाङको पहिल्यैदेखिको चलन भएको हो। ‘जाडो सुरु भएसँगै मनाङमा भएका वृद्धवृद्धा र बच्चाबच्चीले मनाङ छाड्न थालिसके’ पिसाङका ध्रुव गुरुङले भने, ‘यहाँका व्यापारी र अन्य अधवैशेहरू आफ्नो घर कुरुवालाई जिम्मा लगाएर काठमाडौं, पोखरालगायतका सहर झर्ने गर्दछन्।’

मनाङ ङिस्याङ गाउँपालिकाकी छोमा घलेले अब एकैचोटि फागुनमा ग्याल्पो ल्होसार मनाउन गाउँ फर्किने बताइन्। 

माथिल्लो मनाङस्थित होटल यतिका सञ्चालक एवं पर्यटन व्यवसायीसमेत रहेका विनोद गुरुङले थोरै परिवार भएका मनाङका बासिन्दाले विश्वासिलो व्यक्तिलाई पारिश्रमिक दिएर घर कुर्न लगाउने गरेको बताए। ‘जाडो समयमा हिमपात पर्दा घरमा आएको हिउँ काटेर फाल्न र पन्छाउनका लागि घर कुरुवा राख्ने चलन छ’, गुरुङ भन्छन्, ‘केही मात्रामा घरमुलीका केही सदस्यहरू आफैं घरमा बस्ने गर्दछन् भने धेरैजसो मनाङी घर कुरुवा राखेर जाडो छल्न तल झर्ने गर्दछन्।’

माथिल्लो मनाङस्थित भ्राका-४ का पल्साङ छिरिङ विक र उनकी धर्मपत्नी ठुली विकले हरेक वर्ष मनाङीको घर कुर्दै आएका छन्। उनीहरू जाडोयाममा घरमालिकलाई काठमाडौं पठाउँछन् भने आफूहरू भने घर कुरेर बस्ने गर्दछन्। घरमुलीले घर कुरेबापत तलब पनि दिने गर्दछन्। यहाँ घर कुर्नेमा गोरखा, धादिङ, संखुवासभालगायत जिल्लाका छन्।

हिमालपारिको जिल्ला मनाङको चारवटा गाउँपालिकाका स्थानीयमध्ये ५० प्रतिशत जनसंख्या जाडो छल्न काठमाडौं, पोखरा, चितवन, लमजुङ पुग्ने गर्दछन्।  मनाङका प्रमुख जिल्ला अधिकारी रवीन्द्र आचार्यका अनुसार माथिल्लो मनाङ गाउँमा रातको समय तापक्रम माइनस ८ देखि  १० डिग्री सेन्टीग्रेटसम्म झरेको छ। घाम नउदाउँदासम्म तापक्रम माइनसमै हुने उनले बताए।  -न्युज कारखाना

प्रकाशित: Dec 20, 2021| 12:25 सोमबार, पुस ५, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।