मंगलबार, भदौ २, २०८३
  • गृहपृष्ठ
  • समाज
  • ट्रकको ठक्करबाट ट्युसन पढ्न हिँडेका विद्यार्थीको ज्यान गयो

ट्रकको ठक्करबाट ट्युसन पढ्न हिँडेका विद्यार्थीको ज्यान गयो

सोमवार पूर्व पश्चिम लोकमार्गस्थित लालबन्दी नगरपालिका-९, मा ट्रकको ठक्करबाट चन्द्रनगर गाउँपालिका-१, रतनपुर निवासी १७ वर्षका दिपेन्द्र यादवको ज्यान गएको हो। उनलाई ना३ख ७९९० नम्बरको ट्रकले ठक्कर दिएको इलाका प्रहरी कार्यलय लालबन्दीले जनाएको हो।
 |  सोमबार, पुस ५, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, पुस ५, २०७८

सर्लाही- सर्लाहीको लालबन्दीमा ट्रकको ठक्करबाट एक बालकको ज्यान गएको छ।

सोमवार पूर्व पश्चिम लोकमार्गस्थित लालबन्दी नगरपालिका-९, मा ट्रकको ठक्करबाट चन्द्रनगर गाउँपालिका-१, रतनपुर निवासी १७ वर्षका दिपेन्द्र यादवको ज्यान गएको हो। उनलाई ना३ख ७९९० नम्बरको ट्रकले ठक्कर दिएको इलाका प्रहरी कार्यलय लालबन्दीले जनाएको हो। 

ट्रकको ठक्करबाट ट्युसन पढ्न हिँडेका बालकको घटनास्थलमै ज्यान गएको थियो। यादव लालबन्दी नगरपालिकास्थित जनज्योति माध्यमिक विद्यालयमा कक्षा ९ मा अध्यनरत थिए। बालकको शव जिल्ला अस्पताल मलंगवामा परीक्षणपछि आफन्तको जिम्मा लगाइएको छ। 

घटनालगत्तै स्थानीय र विद्यार्थीको समूहले केहीबेर पूर्व पश्चिम लोकमार्गमा टायर बालेर अवरूद्ध गरेका थिए। सबैलाई सम्झाइ बुझाई गरेर सडक सुचारू गरिएको प्रहरीले जनाएको छ। 

घटनामा संलग्न सवारी र चालकलाई इलाका प्रहरी कार्यलय लालबन्दीले नियन्त्रणमा लिएको छ। घटनाको थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यलय सर्लाहीले जनाएको छ।

प्रकाशित: Dec 20, 2021| 11:47 सोमबार, पुस ५, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।