मंगलबार, भदौ २, २०८३

कांग्रेस सिद्धार्थनगर नगर कमिटी उपसभापति पक्राउ

सिद्धार्थनगर वडा नम्बर ७ का वडा सदस्यमा निर्वाचित जनप्रतिनिधिसमेत रहेका पौडेललाई नियन्त्रणमा लिनुको कारणबारे प्रहरी प्रवक्ता रुपन्देहीका डीएसपी नवरत्न पौडेलले स्पष्ट खुलाउन चाहेनन्।
 |  सोमबार, पुस ५, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, पुस ५, २०७८

काठमाडौं- नेपाली कांग्रेस सिद्धार्थनगर नगर कमिटी उपसभापति किरण घिमिरे पक्राउ परेका छन्। उनलाई किन नियन्त्रणमा लिइएको हो भन्ने बारे भने प्रहरीले सार्वजनिक गरेको छैन। 

सिद्धार्थनगर वडा नम्बर ७ का वडा सदस्यमा निर्वाचित जनप्रतिनिधिसमेत रहेका पौडेललाई नियन्त्रणमा लिनुको कारणबारे प्रहरी प्रवक्ता रुपन्देहीका डीएसपी नवरत्न पौडेलले स्पष्ट खुलाउन चाहेनन्। नियन्त्रणमा लिइएको पुष्टि गर्दै उनले नियन्त्रणमा लिनुको कारण भने पछि खोलिने जानकारी दिएका छन्।

उनीमाथि अहिले अनुसन्धान भइरहेकाले नियन्त्रणमा लिनुको कारण अनुसन्धानपछि मात्रै सार्वजनिक गरिने उनको प्रतिक्रिया छ।

प्रहरी स्रोतले भने एक महिलामाथि जवर्जस्तीकरणीको उद्योगअन्तर्गत घिमिरेलाई नियन्त्रणमा लिएर अनुसन्धान थालिएको छ। एक महिलाले आफूमाथि घिमिरेले जवर्जस्तीकरणीको प्रयास गरेको भन्दै प्रहरीमा तीन दिन अघि जाहेरी दिएकी थिइन्।

प्रकाशित: Dec 20, 2021| 09:20 सोमबार, पुस ५, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।