मंगलबार, भदौ २, २०८३

बेपत्ता परिवारलाई परिचयपत्र वितरण

रुपन्देही, कपिलबस्तु र अर्घाखाँचीमा घुम्ती शिविर मार्फत वेपत्ता परिवारका सदस्यहरुलाई परिचयपत्र वितरण गरेको हो।
 |  सोमबार, पुस ५, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, पुस ५, २०७८

बुटवल- बेपत्ता पारिएका व्यक्तिको छानविन आयोगले लुम्बिनीका ३ जिल्लामा घुम्ती शिविर मार्फत वेपत्ता परिवारलाई परिचयपत्र वितरण गरेको छ।

रुपन्देही, कपिलबस्तु र अर्घाखाँचीमा घुम्ती शिविर मार्फत वेपत्ता परिवारका सदस्यहरुलाई परिचयपत्र वितरण गरेको हो। 

आयोगका सदस्य डा. गंगाधर अधिकारीको नेतृत्वमा मंसिर २९ गतेदेखि लुम्बिनीका अर्घाखाँची, कपिलबस्तु र रुपन्देहीमा घुम्ती शिविर सञ्चालन गरिएको हो। तीन जिल्लाका वेपत्ता परिवारलाई घुम्ती शिविर मार्फत परिचयपत्र वितरण गरेको सदस्य आयोगका सदस्य डा. गंगाधर अधिकारीले बताए। उनका अनुसार अर्घाखाँचीमा १२ परिवारका २९ जना, कपिलबस्तुमा १४ परिवारका ३७ जना र १३ परिवार ४० जना सदस्यहरुलाई परिचयपत्र वितरण गरिएको छ।  

आयोगले वेपत्ता परिवारहरुलाई परिचय पत्रका आधारमा सरकारी सेवा सुविधा दिनका लागि पहल समेत गरेको अधिकारीले बताए। आयोगका सदस्य डा. अधिकारीले लुम्बिनीका मुख्यमन्त्रीलाई भेटेर वेपत्ता परिवारका लागि सुविधा दिन र कार्यक्रम ल्याउन सुझाव दिएको समेत बताए।  

शिविरबाट परिचयपत्र पाएकाहरुले न्यायको पखाईमा बर्षो वितेकाले परिचयपत्रले केहि सुविधा पाउने आशा पलाएको बताएका छन। वेपत्ता परिवार भएकाको आमा बुवा, हजुर बुवा, हजुर आमा, छोराछोरी, पति पत्नि, संगोलको दाजू भाइ दिदी विहिनिले परिचयपत्र दिने व्यवस्था गरिएको छ।

तीन जिल्लामा १ सय ३० भन्दा बढिले परिचयपत्र बनाएका छन। आयोगकका अनुसार हालसम्म ६ सय परिवारका २ हजार बढि सदस्यले परिचयपत्र पाएका छन। लुम्बिनी प्रदेशबाट मात्रै ७ सय २२ वटा वेपत्ता भएको उजुरी आयोगमा परेको छ।

प्रकाशित: Dec 20, 2021| 08:00 सोमबार, पुस ५, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।